हरेक ब्यवसायामा सफल भगवानको राजनीतिमा आएर यो क्षेत्रलाई पनि सबल बनाउने उदेश्य

काठमाडौं । संघर्ष नै जीवन हो भन्ने कुराको प्रमाण खोज्न कहिलेकाही हामी टाढा पुग्नै पर्दैन । जस्तोसुकै परिस्थितीमा पनि विचलित नभई मिहेनत गर्न छाडेन भने सफलता पाइन्छ भन्ने उदाहरण हाम्रो समाजमा प्रशस्तै छन् । यस्तै उदाहरण मध्येका एक हुन् भगवान कार्की । चितवनमा जन्मिएर काठमाडौंमा हुर्किएका कार्की नुवाकोटसँग पनि एकदमै नजिक छन् । किनकी उनको मामाघर नुवाकोटको शिवपुरी हो । अहिले उनलाई चिन्नेहरुले समाजसेवी, पर्यटन व्यवसायी, सामाजिक अभियन्ता, अझ केहिले राजनीतिमा चासो राख्ने व्यक्ति भनेर पनि चिन्छन् । जस्ले जुन् रुपमा चिने पनि वास्तवमा भगवान जस्तै छन् भगवान कार्की । नरिसाउने, सधैं हाँसिरहने, सहयोगी, मनकारी र नआत्तिने उनको स्वाभाव हो ।

संघर्षको यात्रा चिया पसलदेखि करोडौंको मालिकसम्म
वर्तमान अवस्थामा उनलाई चिनेकाले सुन्दा कसैलाई विश्वास लाग्दैन होला कार्की २०४३ सालमा चिया पसलमा भाडा माभ्mथे । उनको संघर्ष बाँसबारीमा रहेको सानो चिया पसलबाट सुरु हुन्छ । उनले चिया पसलमा बुबा चुँडा बहादुर कार्की र आमा इश्वरी कार्कीलाई सहयोग गर्थे । मलाई अहिले पनि याद छ, हाम्रो पहिलो दिनको कमाई ९० रुपैयाँ थियो कार्की भन्छन् । कार्कीले जमलमा ग्लोबल सेन्टर नामको टे«निङ सेन्टर ५ वर्ष भन्दा बढी सञ्चालन गरे । त्यसबाट हजारौंले रोजगारमूलक सिप सिके । त्यहाँ कम्प्युटर, पत्रकारीता र ट्युसन पढाई हुन्थ्यो । ग्लोबल सेन्टरबाट पत्रकारीता र उद्घोषण सिकेकाहरु अहिले राष्ट्रियस्तरका सञ्चारमाध्यममा कार्यरत छन् । कतिले त मिडिया नै सञ्चालन गरिरहेका छन् । २०३५ साल माघ ७ गते जन्मिएका कार्कीको अहिले विभिन्न नुवाकोट, गोर्खा, कास्की, काठमाडौं लगायतका स्थानमा व्यापार व्यवसाय छ । उनले हाल काठमाडौंको धापासी, नुवाकोटको शिवपुरी गाउँपालिका ३ लिखु, गोर्खाको स्वाँरागाउँमा होम स्टे सञ्चालन गरिरहेका छन् । विभिन्न स्थानमा घर जग्गा छ । अझ भनौं उनी अहिले करोडौंको मालिक बनिसकेका छन् ।

पर्यटन व्यवसायबाट जीन्दगी परिवर्तन
मास कम्युनिकेसन एण्ड जर्नालिज्ममा मास्टर्स गरेका, म्यानेजमेन्टमा स्नातकसम्म अध्ययन गरेका र आम सञ्चारमा रुची भएका कार्कीले आर्थिक उन्नतीको आधार भने पर्यटन व्यवसाय भएको बुझे । जर्मन र अंग्रेजी भाषामा दख्खल राख्ने उनले युरोपियन मुलुकका पर्यटकलाई घुमाउने गाइडको रुपमा पर्यटन यात्रा सुरु गरे । त्यसक्रममा उनले ३ हजार भन्दा बढी पर्यटकलाई देशका विभिन्न स्थानमा घुमाए । अहिले उनले कर्मालय कल्चरमार्पmत् पर्यटकहरुलाई विभिन्न स्थानमा भ्रमण गराउने काम गरिरहेका छन् । पर्यटन क्षेत्रमा लागेको १० वर्षमा उनले राम्रो आर्थिक प्रगती गरे । यस अवधिमा उनले नुवाकोट, काठमाडौं, गोर्खामा होमस्टे खोले । पोखरा, धाम्पुसमा पनि रिसोर्ट सञ्चालन गरे । उनी भन्छन् –‘देश विकासको आधार पर्यटन हो । मेरो उदेश्य भनेकै अन्य स्थानमा पनि होमस्टे सञ्चालन गर्ने र अरु होमस्टेसँग पनि समन्वय गरेर सस्टेनेबल टुरिजम प्रवद्र्धन गर्ने हो ।’ पर्यटन क्षेत्रकै कमाईले सम्पती जोडेका भगवानलाई यो सम्पन्न अवस्थामा ल्याउन उनको आमा इश्वरी कार्की र दाई पर्यटन व्यवसायी तथा समाजसेवी सुदामा कार्कीको ठूलो सहयोग छ । जर्मन, अष्ट्रिया, इटाली, स्वीटजरल्याण्ड लगायत अन्य युरोपियन मुलुक र चीन तथा भारतको समेत विभिन्न स्थानमा कार्कीले भ्रमण गरिसकेका छन् ।

व्यवसायसँगै समाजसेवाको मनकारी पाइलाहरु
‘विभिन्न कामबाट जति कमाउँछु, त्यसको केहि हिस्सा म समाजसेवामा खर्च गर्छु । अन्य समाजसेवीहरु खोज्छु, मिलेर कमजोर वर्गलाई सहयोग गर्छु, मलाई सबैभन्दा धेरै आनन्द यसैमा आउँछ’ सामाजिक कामको कुरा कोट्याउनसाथ कार्कीले भने । करिब ११ वर्ष अघिबाट समाजसेवामा पनि सक्रिय कार्कीको कर्मालय फाउण्डेसन छ । यो संस्थामार्फत् उनी विभिन्न स्थानमा समाजसेवाका कामहरु गर्छन् । उनले गोर्खाको स्वारागाउँमा २५० जना पढ्ने विद्यालयको भवन निर्माण गरिदिएका छन् । त्यहाँ २० जना दृष्टिबिहिनलाई छात्रवृतिसहित पढ्ने अवसर दिएका छन् । गोर्खाकै आरुघाट आर्वाङमा ४० जनाको शिशु स्याहार केन्द्र सञ्चालन गरेका छन् । चितवनको सौराहामा १० जना अनाथ बालबालिकालाई छात्रवृत्ति प्रदान गरिरहेका छन् । देशका अन्य विभिन्न स्थानमा २० जना अनाथ बालबालिकाको भविष्य उज्वल बनाउन पढुञ्जेलको छात्रवृत्ति प्रदान गरिरहेका छन् । लायन्स क्लब अफ काठमाडौं कर्मालयका प्रेसिडेन्ट रहेका कार्कीले भुकम्प, कोभिड महामारीका समयमा विभिन्न स्थानमा स्वास्थ्य शिविर, राहत वितरण जस्ता सामाजिक कार्यहरु गरेका छन् । महिलाहरुलाई आत्मनिर्भर बनाउन उनले कर्मालय ह्यान्डित्र्mयाप्mट सञ्चालन गरेका छन् । कर्मालय ह्यान्डित्र्mयाफ्टमा अरुले काम नलाग्ने भनेका चामलका बोराहरु संकलन गरेर दैनिक जीवनमा प्रयोग हुने चीजहरु बनाई विक्री हुन्छ । यहाँबाट २० जना भन्दा महिलाले रोजगारी पाएका छन् ।

समाजसेवासँगै राजनीतिमा सक्रिय हुने लक्ष्य
आर्थिक रुपमा सम्पन्न भएसँगै समाजसेवामा सक्रिय रहेका कार्कीको अवको लक्ष्य भनेको राजनीति हो । ‘मलाई फोहोरी राजनीति मन पर्दैन । तर हामीजस्ता पढेलेखेका र बुझेका व्यक्तिहरु राजनीतिमा आएर समाज परिवर्तनमा लाग्नुपर्छ’ कार्की भन्छन् । ‘राजनीति भनेकै समाजसेवा हो भन्ने उनको भनाई छ । पैसा कमाउनका लागि व्यापार व्यवसाय गर्नुपर्छ । राजनीति व्यवसाय होइन, विशुद्ध समाजसेवा हो’ उनी भन्छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *