लालीगुराँसद्वारा नयाँ बजारमा सातौं सदस्य काउन्टर विस्तार

काठमाडौँ । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सातौ सदस्य सुविधा काउन्टर काठमाडौंको नयाँ बजारमा सञ्चालनमा ल्याएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले नयाँ बजारस्थित सदस्य सुविधा काउण्टरको उद्घघाटन गरेका हुन् । र उद्घघाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले सेयर सदस्यलाई सर्वसुलभ सुविधा उपलब्ध गराउन थप सदस्य सुविधा काउन्टर विस्तार गरिएको बताए । पुल्चोकमा मुख्य कार्यालय रहेको संस्थाले यसअघि ललितपुर चापागाँउ, काठमाडौंको चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र सूर्यविनायक तथा चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरी सकेको छ ।

संस्थाले हालसम्म करिब ३०० भन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको छ । २०५६ साल असोजबाट कारोबार सुरु गरेको हो । संस्थाले बहुउद्देश्यीय लगानीतर्फ स्वास्थ्य क्षेत्रमा लालीगुराँस हस्पिटल, शिक्षा क्षेत्रमा लालीगुराँस राष्ट्रिय उच्च मावि, कलेज र नेशनल एकेडेमी, कृषि क्षेत्रमा चितवनको खैरहनीमा लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, ललितपुरको गोदावरीमा लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्रमा सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावरमा लगानी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *