एनआईसी एसियाको नाफा १९.९६ प्रतिशतले बढ्यो

काठमाडौँ । एनआईसी एसिया बैंकको नाफा करिब १९.९६ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार बैंकले तेस्रो त्रैमाससमम कुल ३ अर्ब ६० करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आबको सोही अवधिमा बैंकले ३ अर्ब ४८ लाख रुपैयाँ नाफा गरेको हो ।

बैंकले चैत मसान्तसम्म ३ खर्ब २ अर्ब निक्षेप संकलन र २ खर्ब ७४ अर्ब कर्जा लगानी गरेको छ । बैंकले ८ अर्ब २५ करोड ८४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आबको सोही अवधिमा ६ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी ४१.२४ रुपैयाँ पुगेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ २१०.११ रुपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *