रुसी हमलमा ५० लाख युक्रेनी विस्थापित : राष्ट्रसंघ

काठमाडौँ । रुसी हमलाका कारण करिब ५० लाख युक्रेनीले देश छाडेका राष्ट्रसंघले जनाएको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकाय यूएनएचसीआरका अनुसार २४ फेब्रुवरीमा रुसले युक्रेनमाथि हमला सुरु गरेपछि ४९ लाख ८० हजार ५८९ युक्रेनीले देश छाडेका छन् । उनीहरु युरोपका विभिन्न देशमा शरणार्थी बनेका छन् ।

आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठन आईओएमका अनुसार विभिन्न देशबाट युक्रेन पुगेका तेस्रो देशका २ लाख १५ हजार नागरिकले पनि युक्रेन छाडेका छन् । तीमध्ये अधिकांश विद्यार्थी र आप्रवासी मजदुर छन् । अधिकारीहरुले यसलाई युरोपमा विश्वयुद्धपछिकै ठूलो शरणार्थी संकट बताएका छन् । रुसी हमलामा लाखौँ युक्रेनी देशभित्रै पनि विस्थापित भएका छन् । युक्रेनमाथि दोस्रो चरणको हमला गरेको रुसले पछिल्ला दिनमा आफ्नो आक्रमण पूर्वतर्फ केन्द्रित गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *