एकैदिन चट्याङ लागेर दुई जनाको मृत्यु

काठमाडौं । चट्याङ लागेर काभ्रेपलाञ्चोक र मकवानपुरमा मंगलबार दुई जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–७ ठूलोबासपुर केराबारी बस्ने १६ वर्षीया कान्छि माया मोक्तानको चट्याङ लगेर मंगलबार साँझ मृत्यु भएको हो ।

आफ्नै घरमा अचानक परेको चट्याङ लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, मकवानपुरको राक्सिराङ गाउँपालिका–८ गोर्याङ बस्ने ६५ वर्षीय जित बहादुर गोलेको पनि चट्याङ लगेर मंगलबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङको झड्का लाग्दा गम्भीर घाइते भएका उनको मनहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गतवर्ष २०३ वटा चट्याङका घटनामा परी ५६ जनाको मृत्यु भएको थियो भने १७९ जना घाइते भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *