विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस आज नेपाल आउँदैछन् । उनी तीन दिने भ्रमणका लागि काठमाडौं आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार टेड्रोस भारत हुँदै नेपाल आउन लागेका हुन् ।

टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री विरोध खतिवडालगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । कोभिड महामारीमा काम गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र एउटा कुनै प्राथमिक स्वास्थ्य केन्द्रको पनि भ्रमण पनि उनले गर्नेछन् ।

भ्रमण १० वैशाखसम्म हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *