सिटिजन्स् बैंक १६औं वर्षमा

काठमाडौँ । सिटिजन्स बैंकले १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको छ । यस १५ वर्षको अवधि पार गर्दा बैंकले करिब १३ लाख ५५ हजार ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको बैंकले जनाएको छ । सातवटै प्रदेशमा फैलिएको १७४ वटा शाखामार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कुल निक्षेप करिब एक खर्व ४६अर्ब ६१ करोड रुपैयाँ रहेकोमा कर्जा तर्फ एक खर्ब ३६अर्ब ७२ करोड रुपैयाँ छ । यस अवधिमा करिब एक अर्ब ५८ करोड ९६ लाख खुद नाफा आर्जन गरेको छ ।

हाल यसको खराब कर्जा १.७२ प्रतिशत रहेको छ । गत वर्ष खराब कर्जा १.८३ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९३ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १ सय ४० रुपैयाँ १५ पैसा छ । वार्षिकोत्सव कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष राजनसिंह भण्डारीले संस्थागत सुशासनको उच्चतम मापदण्डहरू कायम राख्दै आएको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले मिशन टप टेन रणनीति मार्फत बैंकले धेरै सूचकहरूमा उल्लेखनीय सुधार गरेको बताए । यसै सिलसिलामा बैंकमा निरन्तर १५ वर्ष अनवरत सेवा प्रदान गरेका १५ जना कर्मचारीहरु तथा १० वर्ष अनवरत सेवा प्रदान गरेका ३६ जना कर्मचारीहरुलाई ‘दीर्घ सेवा सम्मान पदक’ वितरण गरिएको बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *