कीभ बाहिर ९ वटा शव भेटियो, केहीमा यातनाको सङ्केत : युक्रेन

काठमाडौँ । युक्रेनको राजधानी कीभ बाहिर बोरोद्यान्का शहरमा नौ जना सर्वसाधारणको शव फेला परेको छ । एक वरिष्ठ प्रहरी अधिकारीले बताएअनुसार ती मृतकको देहमा केही यातनाको सङ्केत पनि देखिएको छ।

यी मानिसहरूलाई नियन्त्रणमा लिएर मारेको हुनसक्ने यातनाका संकेतहरू देखाएका छन्। ती मानिसहरू सर्वसाधारण थिए। रूसी सेनाले जानाजानी कुनै पनि प्रतिरोध नगर्ने नागरिकहरूलाई गोली हाने मारेको, कीभ क्षेत्रका प्रहरी प्रमुखले बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *