कुनै व्यक्ति एउटै पदमा फेरि दोहोरिन चाहन्छ भने ऊ एजेन्डामा फेल हो

नेविसंघको राजनीतिबाट राखिएका उदीयमान युवा नेता हुन् लेखनाथ पोखरेल । अर्घाखाँचीको छत्रदेवमा जन्मिएका पोखरेल नेपाली कांग्रेसका इमानदार नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । सुधैं सुशासन र पारदर्शीताको वकालत गर्ने उनी कर्तव्य निष्ठ र स्वच्छ छविको नेताको रुपमा स्थापित छन् । जनताको कामप्रति अहोरात्र दत्तचित्त पोखरेल सफल, सक्षम र कर्तव्य निष्ठ नेता ठानिन्छन् । विद्यार्थी राजनीतिमा पनि उनी त्यत्तिकै सजग र सफल देखिन्थे । उनी पोखरेलसँग स्थानीय निर्वाचनसँग केन्द्रित रहेर कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :
लेखनाथ पोखरेल, अध्यक्ष, छत्रदेव गाउँपालिका, अर्घाखाँची

पाँच वर्षे कार्यकालमा के/कस्ता उपलब्धीमूलक काम गर्नुभयो ?
स्थानीय तहमा जब हामी एकात्मक राज्यप्रणालीबाट संघीयतामा गयौं । संघीयतामा गइसकेपछि सिंहदरबारको अधिकार गाउँघरमा पु¥याउने भनेर संविधानले व्यवस्था पर्याे । स्थानीय सशान सञ्चालन ऐन २०७४ ले त्यस्तो खालको व्यवस्था ग¥यो । त्यो अधिकार प्राप्त भइसकेपछि जनप्रतिनिधिहरु कत्तिको काबिल भएर काम गर्न सक्छन् भन्ने प्रमाण स्वरुप हामीले काम गरेर देखायौं । विगत पाँच वर्षमा हाम्रो घोषणपत्रले जे कुरा गर्ने भनेको थियो । त्यस अनुसार काम गरेर आज छत्रदेव नमुना गाउँपालिका बन्न सफल भएको छ । त्यसकारण मेरो पाँच वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न भयो भन्न चाहन्छु । उपलब्ध साधन, स्रोत, परिस्थितिजन्य चुनौति र समय अनुसार हामीले चिताएको काम परिपूर्ति भएको छ । यस अवधिमा म गौरवका साथ भन्न सक्छु धेरै उपलब्धीमुलक काम भएको हो ।

धेरै जनप्रतिनिधिहरुले हामीले आँटेका काम पुरा भएनन् फेरि दोहोर्याउनु पर्याे भनेका छन् तपाईं के गर्नुहुन्छ ?
हाम्रो घोषणापत्रमा उल्लेख सबै काम हामीले परिपूर्ति गरिसकेका छांै । त्यस मेसोमा देशभरिकै नमुना काम पनि गरेर देखाइसकेका छौं । कुनै पनि व्यक्ति एउटै कक्षामा दुईपटक पढिरहन्छ भने ऊ अयोग्य छ भन्ने प्रमाणित हुन्छ । त्यसैले एउटै कक्षामा दोहोरिरहने होइन त्यो कक्षा पास गरेर माथि जाने कक्षामा जाने हो । सकिन्छ माथिल्लोमा जाने सकिँदैन भने बरु ब्याक लागेछ भने पनि माथि जाने हो । फेरि एउटै क्लासमा दोहोरिन्छ भने फेल भएर मात्रै बस्ने हो । त्यसैले कक्षा दोहोर्याउने पक्षमा म चाहीं छैन । यो पाँच वर्षे कार्यकालमा हामीले जे/जति गर्यौ । यसबीचमा हामी सामुपनि विश्वलाई आक्रन्त बनाउने कोभिडको चुनौतिको सामना गर्नुपर्याे । त्यो माहामारीले हामीलाई चुनौति र अवसर दुवै दियो । त्यसले हाम्रो क्षमता प्रदर्शन गर्ने अवर पनि ल्यायो । त्यसकारण स्वास्थ, शिक्षा, खानेपानी, बाटोघाटो, भौतिक पूर्वाधार लगायत सबै क्षेत्रमा उल्लेखनीय रुपमा विगत वर्षमा हुन नसकेका र आगामी वर्षमा हुननसक्ने धेरै काम हामीले गर्यौ । उपलब्ध साधन, स्रोतले भ्याएसम्मका काम तोकिएको अवधिमा हाम्रो बलबुताले सकेको गरेका छौं । त्यसबीचमा कुसलतापूर्वक कार्यसम्पादन गरेकाले अब दोहोरिने होइन । एउटा खालको संस्थागत मेम्मरी पनि बनिसक्यो । आगामी दिनमा कार्यसम्पादन गर्नका लागि एउटा मार्ग प्रशस्त पनि गरिसकिएको छ । ‘वेय आउट’ को वातावरण पनि हामीले देखाइसकेका छौं । अब आउने जनप्रतिनिधिलाई मार्गप्रशस्त गर्ने गरी हामीले काम गरेका छौं । त्यो आधारमा पुरानाले दोहोरिने होइन राम्रा कामहरुलाई टेकेर नयाँ आउने जनप्रतिनिधिहरुलाई मार्ग प्रशस्त गर्नुपर्छ भन्ने धेयका साथ तपाईंको मिडियामार्फत दृढता प्रकट गर्न चाहन्छु ।

त्यसोभए तपाईंको राजनीतिक यात्रा माथिल्लो खुट्किलो तर्फ तय गर्दै हुनुहुन्छ हो ?
हिजो म पार्टीबाट चुनाव लड्दै गर्दा हामी ११ जना आकांक्षीहरु थियौं । त्यसमा मैले पार्टीबाट टिकट पाएँ । अरु १० जनाले पाउनु भएन । ती साथीहरु पनि आकांक्षी हुनुहुन्छ । सँगसँगै मसँगै वडा अध्यक्ष भएका साथीहरु पनि फेरि गाउँपालिकाको अध्यक्षको आकांक्षी हुनुहुन्छ । सधैं लेखनाथलाई भन्दा पनि लेखनाथले मार्गप्रशस्त गरियो अब हामीहरु मिल्नुपर्छ भन्ने वातावरण सिर्जना गर्ने कुरा हामी नेतृत्वमा मान्छे त्यो भूमिका निर्वाह गर्नुपर्छ । त्यसको लागि उहाँहरुलाई मार्गप्रशस्त गर्ने र आउने साथीहरुलाई त्यहीं ढंगबाट आउँदा दिनमा यो गाउँपालिकालाई कसरी चलाउनु पर्छ । हाम्रा ऐन कानून व्यवस्थित गर्ने कुरामा उहँँहरुलाई सल्लाह, सुझाव दिएर व्यवस्थित गर्नुपर्छ । हिजो आउँदा एउटा कार्यालय भवन थिएन । अहिले आठवटा वडा कार्यालयमा आरसीटी भवन तयार गरेका छौं । बाटो कालोपत्रे गरियो । सबैघरमा खानेपानी पु¥याउने अभियान अगाडि बढ्यो । शिक्षामा सुधार गरेर ल्यायौं । व्यवसायिक तथा प्राविधिक शिक्षालाई अगाडि बढायौं । हामीसँग भएको स्वास्थ्यलाई व्यवस्थित मात्रै होइन स्तरोन्नति गर्यौ । त्यसैगरी छत्रदेव गाउँपालिकाको भवन कर्मचारीलाई आवास व्यवस्थासहितको ९ करोड बराबारको बिल्डिङ तयार गरिसकेका छौं । यसरी सबै काम गरिसकेपछि नयाँ आउने साथीलाई मार्ग प्रशस्त गर्न तयार छु । राजनीतिमा एउटै मान्छे सधैं एकै ठाउँमा अल्झिइरहने कुरा राम्रो होइन । राम्रो काम गर्दागर्दै अर्को ठाउँमा जानुपर्छ । एकै ठाउँमा बसिरहन खोज्नु भनेको अरु नेतृत्व विकास गर्न नसकेको अनुभूति हुन्छ । काम गर्ने व्यक्तिलाई पाँच वर्षको अवधि असाध्यै लामो हो ।

यो पाँच वर्षमा तपाईंले विवाद रहित ढंगले काम गर्नुभयो हो ?
मेरो कार्यकालको पाँच वर्षे कार्यकाल एकदमै सफलतापूर्वक सम्पन्न भएको छ । कुनै पनि निर्णय गर्दा कतै विवाद छैन । मेरो कार्यसम्पादनमा कुनै दिन असन्तुष्टि भएको, विवाद भएको अवस्था रहेन । हामीले कम्तिमा १६ वटा गाउँसभा सम्पन्न ग¥यौं । ती सबै गाउँसभाहरु कुसलतापूर्वक निर्वाह गर्यौ । विकास निर्माणका कुनै पनि काममा विवाद भएन । अब के का लागि हामी दोहोरिने त ? दोहोरिनका पछाडि के अर्थ छ ? कि त्यहाँ छुट्टै लाभ हुनुपर्याे । यी कुनै कुराको लोभ नभएपछि किन बस्ने । त्यसकारण अरुलाई बाटो खुल्ला गरेर हामी त्यहाँबाट अन्त फड्को मार्नुपर्छ भन्ने उद्देश्यका साथ मैले नदोहोरिने प्रण गरेको छु ।
विवादरहित ढंगले यहाँसम्म आइपुग्नलाई के/कस्ता चुनौतिको सामना गर्नुपर्याे ?
निर्वाचित भएर यहाँ आइपुग्दा हामीसँग एकथान नेपालको संविधान २०७२ थियो । अर्को एकथान स्थानीय सरकार सञ्चालन ऐन २०७४ थियो । त्यसपछि सबै स्थानीय तहले करिब सय संख्यामा स्थानीय राजपत्र प्रकाशित गरेर कानुन बनायौं । कानुन बनाउने भनेको त्यसभित्र आफुलाई बाध्ने हो । स्थानीय सरकार भइसकेपछि त्यसको अनुभूति जनतालाई हुने गरी हामीले काम गर्नुपर्छ । नारामा सिंहदरबारको अधिकार गाउँमा आयो भन्ने तर जनताको लागि सिंह मात्रै आयो अधिकार आएन भन्ने थियो । त्यसलाई चिरेर जनताले अनुभूति गर्ने गरी हामीले काम गर्यौ ।

जनप्रतिनिधिहरु सुविधाभोगी भए, गाडी चढे, ठेक्कापट्टा लागे भन्ने आरोपहरु थिए, त्यो आरोप तपाईंलाई लागेन ?
तपाईं यस्तो गाउँपालिका अध्यक्षसँग कुरा गर्दै हुनुहुन्छ । जसले आफ्नो लागि कहिल्यै गाडी किनेन । पाँचवटा पुरानो गाडी ल्याएर तीनवटालाई एम्बुलेन्स बनाउने काम गरियो । दुई पुराना गाडीलाई मर्मत गरेर हामी चढ्यौं । त्यसैगरी जिल्लामा रहेको महिला विकासका सबै सामानहरु ल्याएर त्यसबाट खरिद कम गराउने, भौतिक पूर्वाधार क्षेत्रमा र अन्य विकास निर्माणका कामलाई अगाडि बढाउने गरी कार्यसम्पादन ग¥यौं । यिनै उदाहरणका साथ नेपालका स्थानीय जनप्रतिनिधिहरुले काम गर्ने हो भने मूर्तरुप दिन सकिन्न भन्ने प्रमाणको रुपमा छत्रदेव गाउँपालिकालाई उभ्याउन सक्यौं भन्ने मलाई लाग्छ । आगामी दिनमा आउने जनप्रतिनिधिहरुले पनि जनताका इच्छा, आकांशलाई अगाडि बढाउने गरी आउने नेतृत्व अगाडि बढ्छ । यसबीचमा म गाउँपालिका महासंघमा पनि रहेँ । त्यस सिलसिलामा देशभर जाने मौका मिल्यो । अन्य गाउँपालिकाहरुले कसरी काम गरेका छन् भन्ने कुरा पनि नजिकबाट नियाल्ने मौका पाइयो । त्यसकारण राम्रो काम गरेर आइसकेका मान्छेहरु फेरि दोहोरिनु हुन्न भन्ने मेरो धेय हो । मैले नदोहोरिने भनिरहँदा समस्या पनि भएको छ । म जुन पार्टीबाट चुनाव लडेँ । त्यो पार्टीका ८ वटा वडाका वडा सभापतिहरुले तपाईंले छोड्नु हुँदैन भन्नु भएको छ । आज पनि म त्यो छलफलमा थिएँ । कतिपय वडा अध्यक्षहरुले तपाईं लड्नुहुन्न भने हामी पनि चुनाव लड्दैनौं भन्ने एकखालको हाइहाइ पनि छ । त्यसैले पद छोड्दा मगमग बसाएको बेलामा छोड्नुपर्छ । गनाएर, सडेर, कुहिएर छोड्नुहुँदैन । त्यसैले म गाउँपालिका अध्यक्ष दोहो¥याउँदिन । मैले सकेँ, पार्टीले टिकट दियो भने म संघीय सांसद लड्छु । सकिएन भने जागिर जस्तो सेवा टुट्ने होइन । राजनीतिमा कहिले पद हुन्छ कहिले हुँदैन । कतिपय दोहोरिरहने संघीय सांसदको हालत पनि मैले देखेको छु । गाउँपालिकामा बसेर मैले धेरै कुरा सिक्ने मौका पाएँ । हिजो हामीलाई काठमाडौंमा बस्ने अनि स्थानीय राजनीति गर्ने त्यस्ताले काम गर्न सक्दैनन् भन्ने आरोप पनि थियो । त्यसलाई चिरेर मैले काम गरेँ । जिम्मेवारी दिएपछि स्थानीय स्तरमा आएर पनि सफलतापूर्वक काम गर्ने रहेछन् भन्ने आधार पनि मैले दिएँ ।

तपाईं संघीय सांसद हुनुभयो भने स्थानीय तहमा कस्ता योजनाहरु ल्याउनुहुन्छ ?
यदि संघीय सांसद भएँ भने स्थानीय तहका सुविधाहरु कटौति नहुने गरी भूमिका खेल्ने छु । यस अघिको संघीय सरकारले कानुन बनाउन सकेन । प्रदेश सरकारले समन्वय गर्न सकेन । स्थानीय तहलाई बजेट विनियोजन गर्दा समानिकरण बजेट विनियोजन गर्ने ठाउँमा ससर्तका बजेट विनियोजन गर्ने जुन खालको प्रवृत्ति बन्यो । त्यसको सहजीकरणका लागि हामीले एड्भोकेसी गर्ने । संसद्मा आवाज उठाउने काम गर्ने छु । स्थानीय तहलाई बलियो बनाउन प्रदेश सरकारले के गर्ने, संघीय सरकारले के गर्ने भन्ने कुराको सहजीकरण गर्ने छु । संघीय सांसद भइरहँदा प्रदेश सरकारलाई कसरी अगाडि बढाउने र स्थानीय तहलाई कसरी बलियो बनाउने भन्ने समन्वयकारी भूमिकामा हामी रहनुपर्छ ।

तपाईंको पाँच वर्षे कार्यकालमा अविष्मरणीय क्षण बताइदिनुस् न ?
त्यस्ता उल्लेखनीय क्षणहरु छन् । हाम्रो चुनाव असारमा भएको थियो । म चुनाव लड्दै गर्दा पानी परिरहेको थियो । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा धेरै निमुखा जनताहरुलाई केन्द्रमा राखेर महामानव वीपी कोइरालाले परिकल्पना गरेको कम्तिमा एउटा बास होस् भन्ने ठाउँबाट मैले राजनीति गरेको हुँ । छत्रदेवलाई नेपालको नमूना गाउँपालिका बनाउने कुरा हामीले घोषणापत्रमा लेखेका थियौं ।

त्यो पुरा गरेर छाडेको छु । त्यसमा खरको छानामुक्त बनाउने छौं भनेका थियौं । विद्युतीय प्रणालीमा असाध्यै समस्या थियो । अहिले खरको छानामुक्त गाउँपालिका भइसकेको छ । अर्को सामाजिक सुरक्षा भत्तालाई जेष्ठ नागरिक भत्ता भनेर दिइन्छ । त्यसलाई वडाबाटै वितरण गर्ने र साथमा उहाँको आवश्यकता अनुसार वर्षभरिको औषधिसमेत वितरण गर्ने काम गरेर नेपालको पहिलो गाउँपालिकाको रुपमा स्थापित हुन सफल भयौं । यसरी करिब एकदर्जन जति अन्य गाउँपालिकालाई पनि सिकाउने काम हामीले गरेका छौं । प्राविधिक शिक्षाको क्षेत्रमा ४० जना विद्यार्थीलाई ६० लगानी गरेर तीन वर्षे बालिविज्ञान कोर्षमा पुरै निःशुल्क पढाइरहेका छौं । यी लगायत भौतिक पूर्वाधारको क्षेत्रमा पनि नविन कार्य गरेर नेपालकै पहिलो गाउँपालिकाको रुपमा स्थापित हुन सफल भएका छौं । अर्को पारदर्शिताको रुपमा सून्य बेरुजु रहेको छत्रदेव गाउँपालिका हो । यसरी पारदर्शीता, भौतिक पूर्वाधार र विकास निर्माणले नेपालकै उत्कृष्ट गाउँपालिका भनेर पुरस्कृत पनि भएका छौं ।
यसबीचमा अविस्मरणीय कुरा के हो भने देशमा कोभिड आउँदै गर्दा त्यसलाई कुसलतापूर्वक निर्वाह गर्न सफल भयौं । त्यसबेला संघीय सरकारले चाइनाबाट स्वास्थ्य सामाग्रीहरु ल्याउँदै गर्दा अनियमितताका प्रचार पनि बढी भए । त्यस्तो अवस्थामा पनि सिटामोल पाइन । स्वास्थ्य सामाग्री पाइएन भन्ने अवस्था हामीले कहिल्यै गरेनौं । छत्रदेव गाउँपालिकामा रहेका जनतालाई पुग्नेगरी यहाँका लोकल टेलरहरुलाई प्रयोग गरी माक्स उत्पादन गरेर बाड्ने काम गरियो । त्यसैगरी नेपालकै उत्कृष्ट आइसोलेसनको व्यवस्था गरियो । सबै क्वारेन्टाइनमा एमबीबीएस डाक्टर राख्ने काम गरियो । त्यसबेला एकजना वडा सदस्यलाई कोभिडकै कारण गुमाउनुपर्याे । कोभिड रोकथाम र व्यवस्थापनका लागि धेरै समय लागिपर्नुभयो । अन्तिममा आफै कोभिडकै कारण बित्नुभयो । पछि मलाई पनि कोभिडले सतायो । यसरी कोभिडका बेला धेरै चुनौतिपूर्ण भयो । त्यसले गर्न खोज्नेलाई धेरै कुरा सिकायो पनि । त्यसबेलाको प्रयासले अहिले स्वास्थ्य क्षेत्र धेरै व्यवस्थित भएको छ । अहिले हाम्रो गाउँपालिका स्वास्थ्य, शिक्षाको क्षेत्रमा धेरै अगाडि बढेको छ । त्यसैगरी स्थानीय पाठ्यक्रमको व्यवस्था गरेका छौं । हामीले नीति, कार्यक्रमहरु बनाउँदा हामीसँग हारेका सबैलाई बनायौं । कुनै पनि योजना तर्जुमा गर्दा सबै राखेर हामी बजेट दिन्छौं तपाईंहरु नै बसेर काम गर्नुहोस् भनेर अगाडि ल्याउने काम ग¥यौं । यसरी हामीले विकास निर्माणका जनुसुकै काममा पनि प्रतिपक्षी लगायत सबै दलहरुलाई सार्वजनिक सुनुवाइमा सहभागी गरायौं । राजनीतिक दलसँगै, नागरिक समाज, विकास निर्माणका क्षेत्रमा काम गर्ने व्यक्तिहरु सबैलाई सँगै हिडाउन सफल भयौं । त्यसकारण आज हामी सुशासन र पारदर्शीताको रुपमा अब्बल गाउँपालिकाको रुपमा दर्ज भएका छौं । यसरी हामी छत्रदेव गाउँपालिकाको शिर उचो राख्ने काम गरेका छौं । अब आउने जनप्रतिनिधिहरुले यसको गरिमालाई जोगाइ अझ राम्रो गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछु ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *