समाचार प्रकाशित भएपछी गैर एनआरएन रामप्रसाद पन्तले (आरपी पन्त) सिमा नाघे

सुरु गरौ एनआरएन भनेको के हो ?
नन रेसिडेन्ट नेपाली (एनआरएन) भनेको कुनै पनि नेपाली नागरिक नेपाली नागरिकता वा पासपोर्ट त्यागेर अन्य देश जस्तैः अमेरिका, बेलायत, जापान, क्यानडा, अष्ट्रेलिया तथा यूरोपका कुनै पनि मुलुकहरुको आवासिय भिषा प्राप्त अथवा त्यहाँको सामाजिक सुरक्षा र नागरिकको हैसियत प्राप्त गर्दछ भने त्यस्ता ब्याक्तिलाई एनआरएन भनिन्छ । साथै नन रेसिडेन्ट नेप्लिज एशोसियसन (एनआरएनए) यस्तै व्याक्तिहरुले आफ्नो हकहितका लागि खोलिएको संस्था हो । कुनैपनि मुलुकमा कामदार भिषा प्राप्त गरि नेपाल सरकार र सम्वन्धित देशको श्रम स्वीकृतीमा काम गर्ने मानिसहरुलाई एनआरएन भन्न मिल्दैन र त्यस्ता व्याक्तिहरुले एनआरएनएको सदस्यता लिन पाउँदैनन् अथवा दिन पाइँदैन । यद्दपी कामदार भिषा वा बिद्यार्थी भिषामा रहेका त्यस्ता ब्याक्तिहरुले एनआरएनएको निर्वाचनमा कार्यकारी पद छनौटको लागि निर्वाचनमा भाग लिन र आफ्नो मत दिन भने पाउँछन् । यति कुराको जानकारी नभएर हो या ‘लाटा देशको गाँडा तन्नेरी’ बनेको हो । हालै पूर्वी अफ्रीकाको हिन्दमहासागरमा अवस्थित टापुको देश सिसेल्समा कामदार भिषा अन्तरगत उक्त देशको सुरक्षा निकायमा काम गर्ने एक नेपालीले एनआरएनको नाममा गैर कानूनी धन्दा चलाईरहेको बुझिन आएको छ । गैर कानूनी धन्दाबारे हामीले सत्याग्रह साप्ताहिकमा बैशाख १ गतेको अंकको समाचारमा बेलिबिस्तार प्रकाशीत गरिसकेका छौ ।

केही वर्ष अगाडी उक्त देशको कामदार भिषा अन्तरगत नेसनल ड्रग ईन्फोर्समेन्ट एजेन्सी (एनडिइए) मा कार्यरत रामप्रसाद पन्त भनिने आरपी पन्तले आफु एनआरएन सिसेल्सको पूर्व अध्यक्ष तथा हाल अफ्रिका महादेशको क्षेत्रिय उपसंयोजक रहेको भन्दै नेपालको एक प्रतिष्ठित पत्रिका ‘सत्याग्रह’ साप्ताहिकका बिरुद्धमा उनका विरुद्ध सत्यतथ्य समाचार लेखेको भरमा हुनसम्मको हर्कत बिगत १ सातादेखि गरिरहेका छन । पन्तले आफ्नो फेसबुक बालमा लेखेको उनको विज्ञप्ति सार हेरौ– उनको विज्ञप्ति छोटकरीमा सार यस्तो छ । सत्याग्रह साप्ताहिकको गत अङ्कमा ‘सिसेल्स पुलिसमा काम लगाउने भन्दै ग्रोथ प्रोशेस मेनपावरको ठगीधन्दाको नालिबेली’ ‘श्रम मन्त्री किसान श्रेष्ठको पनि संलग्नता’ भन्ने शिर्षकमा समाचार प्रकाशन भएको थियो । उक्त समाचारमा निज रामप्रसाद पन्त भनिने आरपी पन्तको प्रत्यक्ष संलग्नता रहेको कुरा समाचारमा उल्लेख थियो । मन्त्री किसान श्रेष्ठ बिना भ्रमण योजना सिसेल्स पुगेको र उनै आरपी पन्तको आयोजनामा मन्त्रीलाई सिसेल्स भ्रमणमा बोलाईएको मन्त्री र उनि स्वयमले स्वीकारेका पनि छन् । पन्त लगायत सिसेल्समा बस्ने अन्य नेपालीहरुले मन्त्रीसँग खिचेको फोटा फेसबुकमा शेयेर गरिएकोबाट पनि यति कुरा बुझ्न सकिन्छ । करिब १ सय १५ वटा आईल्यान्ड मिलेर बनेको सानो देश जसमा १ लाख जनसंख्या मुस्किलले छन्, त्यस्तो देशमा कति प्रचुर मात्रामा नेपालीहरुका लागि रोजगारिको अवसर देखेर मन्त्री श्रेष्ठ पुच्छर ठाडो पारि त्यो देश भ्रमणमा गए ? मन्त्री श्रेष्ठ भ्रमणमा रहेकै बेला नेपालमा विभिन्न पत्रपत्रिका, रेडियो र टिभीमा समाचार पनि आएका थिए ।

हामीले अघिल्लो अंक बैशाख १ गते समाचार प्रकाशन गरिसकेसकेपछि नियमित फलोअप गरेका छौं । मन्त्रीको नामै मुछीइसकेपछि छानविन तथा सत्यतथ्य के हो भनि बुझ्न तदारुकता कसैले नदेखाउनु र सरकारको भ्रमण योजनामै नपरि कुनै एजेन्टको व्याक्तिगत निमन्त्रणामा सिसेल्स भ्रमण जानुमा प्रयाप्त सङ्का गर्ने ठाउँ रहेको छ । यता ६० हजार सेवा शुल्क लाग्ने फ्रि भिषा÷टिकेट भएको देश पठाउन ६० जना नेपालीहरुबाट ६ लाखका दरले पैंसा उठाएको स्वयम मेनपावर सञ्चालक कमल पाण्डेले स्विकारेका मात्र छैनन्, उक्त देश जाने क्यान्डिडेटले समेत हामीलाई ठगियो भनि हार गुहार गरेका छन् । बैदेशिक रोजगार विभाग र श्रम मन्त्रालय किन सुतिरहेको छ ? आमसञ्चार माध्यम र पत्रकारको काम गलत भए गलत सहि भए सहि देखाईदिने हो, त्यसको आवश्यक छानविन र कार्वाही गर्ने राज्यका सम्वन्धित निकायलाई जगाउने समेत गर्ने हो कार्वाही त गर्न मिल्दैन र सक्तैन । उल्टै नक्कली एनआरएनका पूर्व अध्यक्ष भनिने पन्तले सामाजिक सञ्जाल मार्फत अपुष्ट तरिकाले विज्ञप्ति निकालेर एनआरएनए जस्तो विश्वभर छरिएर रहेका गैर आवासिय नेपालीहरुको पवित्र संस्थाको नाम मुछेर, नेपालको प्रतिष्ठा पत्रकारिता जगतलाईनै झुटमाथि झुटको खेति गर्दै चुनौति दिएका छन् ।

यतिबेला निज आरपी पन्तलाई राज्य, एनआरएनए, र निज कार्यरत देश र संस्थाले तत्काल छानविनको दायरामा ल्याउनु पर्ने हो की होईन ? उल्टै निर्लज्ज पारामा प्रेस काउन्सिललाई सम्वोधन गरिएको प्रति सत्याग्रह साप्ताहिकको मेलमा मेल गर्दै पन्तले आफुले गरेको बेइमानी र गैर–कानुनी कामको बखान गर्न आफ्नै फेसबुकमा पोष्ट गर्दै, पत्रकार तेजेन्द्र केसी र सत्याग्रह साप्ताहिकलाई धम्क्याईरहँदा समेत राज्य बेखबर छ । प्रेस काउन्सिलमा मैले उजुरी हालेको हेर भनेर उजुरी कपी हामीलाई मेलमा पठाएका छन तर काउन्सिलमा निज पन्तले उजुरी हाल्दै नहाली सत्याग्रह साप्ताहिकको मेलमा चाही उजुरी हालीसकेको भनेर उजुरी हालेको फर्जी मेल पठाइएका छन । यो माथी उठाईएको बिषयमा प्रेस काउन्सिलले पनि टड्कारो रुपमा बोल्नु पर्ने बेला आएको छ । काउन्सिलको नाम भजाएर मिडियालाई धम्क्याउनेसम्मको काम गर्ने निज पन्तका बारे अनुसन्धान गर्न प्रेस काउन्सिलसंग जोडदार माग गर्दछौ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *