माकलबारीमा सेन्चुरी बैंक

काठमाडौँ । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले जोरपाटी माकलबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य मनबहादुर राईले माकलवारी शाखाको उद्घघाटन गरी ग्राहकहरूलाई सेवा दिन थालिएको हो । कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक प्राडा गीता प्रधान, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायत उपस्थित थिए ।

सेन्चुरी बैंकले २०७८ चैत्र मसान्तसम्ममा ९२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड रुपैयाँ प्रदान गरी १ अर्ब १ करोड ५६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएकोछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *