इन्डियन आइडल विजेता पवनदीपको नेपालक्रेज, ९३ वर्षिय वृद्धले समेत टिकट खरिद गरे

काठमाण्डौं । भारतीयचर्चित गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन यही वैशाख ११ गते लर्ड अफड्रिंक्स (एलओडी) मा आफ्नो विशेष सांगितिक प्रस्तुती दिँदै छन् । यहीक्रममा इन्डियन आइडल विजेता पवनदीप राजनको सांगितिक प्रस्तुती हेर्न युवादेखि वृद्धसम्म आकर्षित छन् । पवनदीपको सांगितिक प्रस्तुती हेर्न ९३ वर्षिय वृद्धले समेत टिकट खरिद गरेका छन् । ३६५ इभेन्टस् एण्ड मिडियाका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्य ( ह्यापी) काअनुसार पवनदीपको सांगितिक प्रस्तुती हेर्न ९३ वर्षिय वृद्ध बाले घरमै बोलाई टिकट खरिद गरेको जनाएका छन् ।

रोटरी क्लबअफ पाटन वेस्टले आयोजना गरेको र ३६५ इभेन्टस् एण्ड मिडियाले व्यवस्थापन गरेको पवनदीप राजनको सांस्कृतिक कार्यक्रममा दुई थरीका टिकट राखिएको छ । आयोजककाअनुसार २५ सय र ३ हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यकालागि सहयोग गर्नेछ । टिकट विभिन्न माध्यमबाट उपलब्धहुने समेत जानकारी आयोजकले दिएका छन् । अनलाईन टिकटका लागि भुक्तानी प्रदायक आइएमई पेवालेट मार्फत अग्रिम टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

पवनदीप राजन इन्डियन आइडल सन् २०२१ सिजन १२का विजेता हुन् । उक्त सांगितिक कार्यक्रमलाई विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय ब्राण्ड÷कम्पनीले प्रायोजन गरेका छन् । कोरोनाको कारणले स्थगित पवनदीपको सांगितिककार्यक्रम यसपटक भने भव्य रुपमा सफलहुने विश्वास गरिएको छ । चर्चित गायक पवनदीपले विभिन्न धार्मिक स्थलहरुको समेत अवलोकन गर्ने आयोजकले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *