‘कतै तावुतको अन्तिम किल्ला सावित नभई जावोस’…. सिर्जना सिहलाई काठमाण्डौको मेयर उठाएर प्रकाशमान सिहले आफ्नै खुट्टामा बन्चरो नहानुंन


काठमान्डौ । सत्तरुड गठबन्धनको भागबण्डामा काठमाडौं महानगरपालिकाको मेयर पदमा कांग्रेस र उपमेयर पदमा एकीकृत समाजवादीले पाउने सहमति बनेसगै लगभग जित सुनिस्चित जस्तै भएपछी कांग्रेसबाट मेयरमा उम्मेद्वारी दिने आकांक्षिहरु करिब आधा दर्जन पुगेका छन् । प्रजातन्त्रमा जोसुकैले उम्मेद्वारी दिन सक्छन, यस्तो अधिकार संबिधानले प्रदत्त गरेको एउटा मौलीकहक भित्र व्यवस्था गरेको छ । आधा दर्जन आकांक्षी मध्धे नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिहकी धर्मपत्नी सिर्जना सिहको नाम पनि अत्याधिक चर्चामा छ । चर्चामा आएकी सिर्जना सिहले काठमाण्डौ महानगरपालिकाको मेयरको टिकट नपाउने सम्भावना पटक्कै छैन । यसको मतलब सिर्जना सिहले टिकट पाईन भन्दा फरक पर्दैन । जितहार भनेको निर्वाचनपछिको मत गणनाको अन्तिम नतिजा नआउन्जेल कुर्नुपर्ने हुन्छ ।

बिशेष गरि जुनसुकै पार्टीका प्रभाशाली नेताहरुले आफु शक्तिमा हुदा पत्नी, छोरा-छोरी, सला-सालीलाई काखी च्याप्ने कामले लोकतान्त्रिक पद्दतीको नै उपहास गरेको जनताको मान्यता रहेको छ। नेताका आफन्तलाई जनताले नरुचाएको अझ भन्नुपर्दा नेताको राजनीतिक जीवन नै अवसान तिरको प्रस्थान बिन्दु भएका धेरै उदाहरहण छन् । सिर्जना सिहको मैले या बिरोध गरेको अर्थ नलागोस । नेता प्रकाशमान सिहले आफ्नी धर्मपत्नीलाई महानगरपालिकाको मेयरको टिकट दिन वा नदिन सक्ने दुवै अधिकार छ। अब बिचार गरौ टिकट दिदा के हुन्छ र नदिदा के हुन्छ ? टिकट दिदा राम्रो हुन्छ कि नदिदा राम्रो हुन्छ योबारेमा बिचार गर्दा र तितो तर यथार्थ कुरो गर्दा नेता प्रकाशमान सिहले आफ्नी धर्मपत्नीलाई महानगरपालिकाको मेयरमा टिकट नदिदा राम्रो र उत्तम हुन्छ । यहा मैले सिर्जना सिह काठमाण्डौको मेयर पदका लागि अयोग्य छिन भनेर कदापी भन्न खोजेको होईन । साच्चै भन्नुपर्दा अरु दाबेदार उम्मेदवारहरु भन्दा कुनै पनि कसीमा सृजना सिह कमजोर उम्मेदवार छैनन । बरु अझ बलियो नै छिन। नेता प्रकाशमान सिहको धर्मपत्नी भएकै कारणले चाही सृजना सिह कमजोर उम्मेदवार हुनेछिन भनेर भन्नै पर्नेहुन्छ । किनभने प्रकाशमान सिहको धर्मपत्नी भएकै कारणले टिकट हत्याएको आरोप खेप्नु पर्नेहुन्छ र जसका कारण जनतामा नकारात्मक संदेश जाने हुनाले निर्वाचनमा जनताको घरघरमा जादा अप्ठ्यारो परिस्थिति उत्पन्न हुनसक्छ । अझ निर्वाचन मै प्रत्यक्ष असर पर्न जान्छ ।

काठमाडौँ महानगरपालिकाको मेयरमा उठेर जिते पनि हारेपनि नेता प्रकाशमान सिहलाइ संघीय निर्वाचनमा निक्कै अप्ठेरो पर्ने देखिन्छ । संघीय निर्वाचनमा प्रकाशमान सिहलाई अप्ठेरो परेर यदी निर्वाचन हार्न पुगे भने त्यो निक्कै ठुलो क्षती हुनजान्छ, प्रकाशमान सिहलाई। शेरबहादुर देउवापछिको नेता या प्रधानमन्त्री को हुने भन्ने सवालमा नेता प्रकाशमान सिहको नाम निश्चित रुपमा पहिलो या दोश्रो नम्बरमा आउछ । यसको मतलब नेता प्रकाशमान भावी प्रधानमंत्रीका प्रबल दाबेदार हुन् भन्दा अतिउक्ति हुन्दैन। यस्तो पोजिशनमा भएको बेला प्रकाशमानले आफन्तलाई काखी च्यापेर आफ्नो पोजिशन नबिगारेको नै उत्तम हुन्छ ।

एकातिर स्थानीय निर्वाचनमा आफ्नै श्रीमातीलाई काठ्माण्डौको मेयरको टिकट दिएर जितायो । वा आफ्नै श्रीमातीलाई टिकट दिएका कारण काठ्माण्डौको मेयरमा काँग्रेसले निर्वाचन हार्यो। जे गरे पनि जस नेता प्रकाशमानले पाउने छैनन। कतिखेर जस पाउछन भने यदी अहिलेको स्थानीय निर्वाचनमा आफ्नी धर्मपत्नी सिर्जना सिहलाई मेयरको उम्मेदवारमा अगाडी नसारेर अरुकसैलाई काठमाण्डौको मेयरमा उम्मेदवार बनाए भने गत १४औ मधिवेशनमा देउवाको कित्तामा गएर आफ्नो कित्तालाई हराएको भनेर लागि रहेको आरोपको केही क्षतिपुर्ती समेत हुनेथियो।

नेता प्रकाशमान सिहको नजिका मान्छेहरुले किन सिर्जना सिहलाई मेयरमा उठाउन उक्साउने गरेका छन्। नजिकका मान्छेहरुको उक्साहटमा लागेर तीनीहरुले जे भन्छन तेही गर्न तिर लागे भने प्रकाशमान सिहलाई आफुले आफैलाई घात गर्दैछन भनेर बुझ्दा अझ राम्रो हुन्छ। सृजना सिहले काठ्माण्डौको मेयर जित्नु हार्नु एउटा कुरो होला तर परिवार भित्रबाट टिकट दिने कामले हुने नोक्सानी जती सबै प्रकाशमान सिहले बोक्नु पर्ने हुन्छ। जसका कारण प्रकाशमान सिहले संघीय निर्वाचनमा आफैलाई अप्ठ्यारो पार्ने काम आफैले नगरेकै राम्रो हुनेछ । खासमा भन्नुपर्दा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा, नेता प्रकाशमान सिह पत्नी सिर्जना सिह मात्र रातो कलम चलाउन नपाउने भन्ने मात्रै तर पावरमा देउवा र सिहभन्दा आरजु र सिर्जना सिह आफ्ना श्रीमान भन्दा कम शक्तिशाली छैनन ।

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओबादीको उम्मेद्वारीको सवालमा पनि सधै पेचिलो बनेको कुरा के हो भने पार्टी अध्यक्षले आफ्नी छोरी रेणु दाहाललाई काखी च्यापेर हिड्कोले गर्दा नै हो । यसबाट कति आलोचना सहनु परिरहेको छ त्यो त जगजाहेरै छ। भरतपुर महानगरपालिकाको मेयरमा सधै छोरीलाई अघि सार्ने प्रचण्डको ढिपी र उनले खेप्नु परेको आलोचनाबाट पनि पाठ सिक्न सक्नुपर्छ प्रकाशमान सिहले। अहोरात्र खट्ने कार्यकर्ताले टिकट पाउने बेलामा उसको टिकट खोसेर आफन्तको झोलीमा हाल्दिने हो भने सामान्य कार्यकर्ताको राजनैतिक भविष्य के होला र उसले किन सधै झोला बोक्ने भनेर प्रश्न उब्जिन्छ ।

१४औ महाधिवेशनमा शेरबहादुर देऊवालाई समर्थन गरेर प्रकाशमान सिंहको राजनैतिक साखमा उल्लेखनीय रुपमा गिरावट आएको अवस्थामा त्यसको क्षतीपुर्ती हुनेगरी निष्पक्ष भएर काम गरेर देखाउनुको साटो आफ्नै पत्नीको काठ्माण्डौको मेयरमा उम्मेदवारी दिने कुरो यदी प्रकाशमान सिहको अन्तिम निर्णय हो भने कतै ‘तावुतको अन्तिम किल्ला सावित नभईजावोस्’ । काठमाडौंमा महिला उम्मेदवारी नै आवश्यक हो भने वर्तमान उपमेयर अति उपयुक्त उम्मेदवार हुनेछिन समयमै बिचार पुर्याउ ।

भारतीय कांग्रेस आईको अहिलेको हविगत पनि परिवारबादलाई प्रशय दिने निरन्तरको अभ्यासले भएको हो। भारतीय जनता पार्टीमा उभार आउनुको मुख्य कारण सशक्त ढंगले परिवारबाद्को बिरोध गर्नाले नै भएको हो भनेर बेलैमा बुझिएन भने नेपाली कांग्रेसको हविगत पनि भारतीय कांग्रेस आईको जस्तो नहोला भन्न सकिन्न।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *