जसपा नेता यादवद्वारा पार्टी परित्याग

काठमाडौँ । मोरङका जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीको साधारण सदस्य पदमा नरहने गरी पार्टी छाडेको जानकारी दिएका छन् । यादवले अन्य कुनै पार्टीमा प्रवेश नगर्नेसमेत जनाएका छन् ।

मोरङका प्रभावशाली नेता रहेका यादवले विराटनगरमा पार्टी बलियोे अवस्थामा हुँदासमेत गठबन्धन गरी महानगरपालिकाको प्रमुख पदमा छाडेकामा विरोध गरेका छन् । उनले पार्टीले महानगर प्रमुखमा जित्ने अवस्थामा रहँदा रहँदै प्रमुख पद छाडेको विरोधस्वरूप पार्टी त्याग गरेको जानकारी दिएका छन् ।

नेता यादवले गठबन्धनबाट कार्यकर्तालाई ठूलो धोका भएको चर्चा गर्दै आइतबार महानगर प्रमुखको पदमा स्वतन्त्ररूपमा उम्मेदवारी दिने घोषणासमेत गरे । यादवले वि.सं २०७४ महानगरको निर्वाचनमा जसपाबाट महानगर प्रमुख पदमा उम्मेदवारी दिई तेस्रो स्थान ल्याएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *