रोल्पाका १४ वडाअध्यक्षले दिए राजीनामा

काठमाडौँ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाट स्थानीय तहमा निर्वाचित १४ वडाध्यक्षले राजीनामा दिएका छन् । जिल्लाका १० स्थानीय तहमध्येका १४ वडाका अध्यक्षले राजीनामा गरेका हुन् । राजीनामा दिनेमा सनुछहरी गाउँपालिकाका–४ का वडाध्यक्ष खड्कबहादुर घर्तीमगर र वडा नं ६ का वडाध्यक्ष अमरजित पुन रहेका छन् । रोल्पा नगरपालिका–५ का वडाध्यक्ष टोपबहादुर नेपाली, वडा नं ६ का वडाध्यक्ष तुलबहादुर घर्तीमगर र वडा नं १० का वडाध्यक्ष मानबहादुर खत्रीसहित अन्य सदस्य रहेका छन् ।

त्यसैगरी त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष देउराम घर्तीमगर, २ का वडाध्यक्ष कविराज बुढामगर वडा नं ५ का वडाध्यक्ष कृष्णबहादुर केसी र वडा नं ६ वडाध्यक्ष लेखमणि डाँगी, थवाङ गाउँपालिका–५ वडाध्यक्ष गोवद्र्धन घर्तीमगर रहेका छन् । त्यसैगरी रुन्टीगढी गाउँपालिका–१ का वडाध्यक्ष मीनबहादुर थापामगर, सुनिलस्मृति गाउँपालिका–४ का वडाध्यक्ष गन्जबहादुर क्षेत्री, गङ्गादेव गाउँपालिका–४ का वडाध्यक्ष रामबहादुर वली रहेका छन् ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिन रोल्पा जिल्लाका विभिन्न स्थानीय तहका वडाध्यक्ष र सदस्य गरी ३८ जनप्रतिनिधिले राजीनामा दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *