काठमाडौं मेयरका लागि नेपाली कांग्रेसले सिर्जना सिंहलाई नै उठाउने लगभग सहमति तर अंतिम निर्णय आउन बाकी

काठमाडौं । काठमाडौं महानगरपालिकाको भावी मेयरका लागि नेपाली कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनाउने लगभग सहमति भएको छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको कांग्रेस शीर्ष नेतृत्वको बैठकले सिंहलाई अनुमोदन गरेलगत्तै उनी पाँच दलीय गठबन्धनवाट मेयरकी साझा उम्मेदवारसमेत हुनेछिन ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नीसमेत रहेकी सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् । शुक्रवार साँझ बसेको बैठकले सिंहलाई अनुमोदन गर्ने बारेमा सहमति भईसकेको कांग्रेस नेताहरुले बताएका छन् । वालुवाटारमा जारी कांग्रेस शीर्ष नेतृत्वको बैठकले सहमति गरेपछि आज सांझ बस्ने कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठकले अन्तिम नामावलीलाई अनुमोदन गरि सार्वजनिक गर्नेछ । काठमाडौको मेयरमा सृजना सिहको नाममा करिब करिब सहमति भएपनी आज सांझ बस्ने कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठकले अन्तिम निर्णय गर्न छ । अंतिम निर्णय नआएसम्म यसै हुन्छ भन्न सक्ने अवस्था छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *