पोल्याण्डमा मात्र २९ लाख युक्रेनी शरणार्थी

काठमाडौँ । युक्रेन युद्धका कारण २९ लाख युक्रेनीले देश छाडेर पोल्यान्ड पुगेका छन् । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलापछि अहिलेसम्म यति ठूलो संख्याका युक्रेनी पोल्यान्ड पुगेका हुन् । पछिल्ला दिनमा भने सीमा पार गरेर पोल्यान्ड पार गर्नेको संख्या भने ह्वात्तै झरेको छ भने पोल्यान्डबाट युक्रेन फर्किनेको संख्या बढेको छ ।

शुक्रबार पोल्यान्डबाट करिब २४ हजार युक्रेनी स्वदेश फर्किएका थिए भने १७ हजार ७ सय युक्रेनीले पोल्यान्ड शरण लिएका छन् । युद्ध भएपछि कुल पोल्यान्डबाट ८ लाख २५ हजार युक्रेनी पोल्यान्डबाट युक्रेन पसेका छन् ।

शरणार्थी संकटले उच्च स्वरूप लिएका बेला ६ मार्चमा १ लाख ४२ हजार ३ सय युक्रेनी पोल्यान्ड भागेका थिए । रुसले पूर्वी युक्रेनमा अ‌ाफ्नो हमला केन्द्रित गरेको छ । रुसले युक्रेनको पूर्वी बन्दरगाह शहर मारिओपोललाई नियन्त्रणमा लिन सफल भएको दाबी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *