हावाहुरीले टावर ढलेपछि रेडियोको प्रसारण अवरुद्ध

काठमाडौँ । पश्चिम चितवनको यज्ञपुरीमा रहेको रेडियो भरतपुरको प्रसारण बन्द भएको छ । शुक्रबार साँझ आएको हावाहुरीले सामुदायिक रेडियो भरतपुरको टावर ढलेपछि प्रसारण अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका–५ यज्ञपुरीमा रहेको रेडियोमा हावाहुरीका कारण रु १५ लाखको क्षति भएको रेडियोका अध्यक्ष नविनराज पौडेलले जानकारी दिएका छन् ।

हावाहुरीले टवरसँगै सोलार प्यानल समेत उडाएको उनले जानकारी दिएका छन् । एक महिनाअघिमात्रै रेडियो आफ्नै भवनमा सारिएको थियो । सो क्रममा टावर पनि नयाँ जडान गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *