नाइजेरियामा तेल प्रशोधन केन्द्रमा विस्फोट, १०० जनाको मृत्यु

काठमाडौँ । दक्षिणी नाइजेरियामा एउटा अवैध तेल प्रशोधन केन्द्रमा विस्फोटपछि दर्जनौँ मानिसको मृत्यु भएको आशंका गरिएको एक गैरसरकारी संस्थाले जनाएको छ । तेल प्रशोधन केन्द्रमा विस्फोट भएको प्रहरीले पुष्टि गरेको छ तर हताहतको विवरण भने दिइएको छैन ।

‘पहिचान नखुल्ने गरी जलेका धेरै शवहरू भुइँमा छरपस्ट छन् । कोही मानिस रुखका हाँगामा झुन्डिएका देखिन्छन् । उनीहरू सुरक्षाका लागि दौडिने क्रममा विस्फोटमा परेका हुन सक्छन् ’, युवा तथा वातावरणीय एड्भोकेसी सेन्टर (वाईइएसी) का कार्यकारी निर्देशक फाइनेफेस डुम्नानेले भने ।

विस्फोटमा कम्तीमा एक सय जनाको मृत्यु भएको हुन सक्ने स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । अवैध प्रशोधन केन्द्रमा शुक्रबार अबेर राति सञ्चालक र उनीहरूका संरक्षकहरू व्यवसायका लागि भेला भएका ठाउँमा विस्फोट भएको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *