पूर्व राज्यमन्त्री झाको निधन

काठमाडौँ । संविधानसभा सदस्य डा. डिम्पलकुमारी झाको आज बिहान निधन भएको छ । क्यान्सर रोगबाट पीडित उनको आज बिहान काठमाडौँको रानीबारीस्थित निवासमै निधन भएको हो । पूर्व राज्यमन्त्रीसमेत रहनुभएकी झा हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मधेश प्रदेशको प्रदेशसभा सदस्य थिइन् । लोसपाका नेता एवं पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी उनि दुई वर्षदेखि क्यान्सरबाट पीडित छिन् ।

करिब दुई महिना अघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा उनको उपचार भइरहे पनि पछिल्लो समय चिकित्सको सल्लाहमा घरमै रेखदेख भइरहेकामा आज बिहान निधन भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिएकी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *