सूर्यविनायक नगरपालिकामा बढ्यो नेपाली कांग्रेसको टोल स्तरिय कार्यक्रम

काठमाडौँ । मिति २०७९ बैशाख १० गते एकै दिन सूर्यविनायक नगरपालिका वडा नं.३ का नेपाली कांग्रेस वडा सभापति श्री प्रभुभक्तमाडी श्रेष्ठज्यूको सम्उपस्थितीमा ऐ. मितिको दिनको ४ बजे शान्ति विनायक टोल कार्य समिति, ४:३० बजे पानीटयाङ्गकी टोल कार्य समिति, ५ बजे तुवाचो गणेश टोल कार्य समिति र ५:३० बजे देवडोल टोल कार्य समितिको नेपाली कांग्रेस टोल स्तरिय कार्यालय उद्घाटन गरी सञ्चालनमा ल्याउने कार्य प्रारम्भ भएको छ ।

कार्यालय उद्घाटनको क्रममा वडा सभापति श्री प्रभुभक्तमाडी श्रेष्ठज्यूले टोल स्तरका सभापतिहरु क्रमशः पानीटयाङ्गकी टोल कार्य समितिका सभापति श्री प्रलाद सिल्वाल, देवडोल टोल कार्य समितिका सभापति श्री सुरेन्द्र कार्की, शान्ति विनायक टोल कार्य समितिका सभापति श्री कृष्ण सुन्दर श्रेष्ठ र तुवाचो गणेश टोल कार्य समितिका सभापति श्री बिनोद न्यौपानेलाई आगामी निर्वाचनमा पार्टीलाई भारी अन्तरका साथ विजयी बनाउने लक्ष्यमा लाग्न आ-आफ्नो टोलमा जनता माझ खट्टिई लागि पर्न निर्देशन समेत दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *