काठमाडौंमा ५३ वर्षीया महिला बलात्कृत

काठमाडौं । काठमाडौंमा ५३ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले दाङ बंगलाचुली गाउँपालिका–३ बस्ने २४ वर्षीय गुरु प्रसाद बिसीलाई शनिबार पक्राउ गरेको छ । गुरु प्रसादले ती महिलालाई काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्कस्थित गेष्ट हाउसमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *