एनआईसीमा अनलाईनबाट खाता खोल्नेले अनलाइन सपिङ गर्दा छुट

काठमाडौँ । एनआईसी एसिया बैंकले नयाँ वर्षको अवसरमा विभिन्न अनलाइन सपिङ गर्ने इ–कमर्शसँग समझदारी गरेको छ । एनआईसी एसिया बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधिरनाथ पाण्डेका अनुसार अनलाइनबाट बैंकको बचत खाता खोल्ने ग्राहकहरूले विभिन्न छुट पाउने भएका हुन् ।

जसका लागि बैंकले दराज, ग्यापु, सस्तोडिल, भोजमाण्डु, फुड बाइट, युजी बजार र पानपीनजस्ता इ–कर्मशवाला कम्पनीसँग समझदारी गरेको हो । अनलाइनबाट खाता खोलेका ग्राहकले कारोबारमा ५ हजारसम्म छुट पाउनेछन् । साथै ट्याक्सीमाण्डु, यति एयरलाइन्स र अल्ट बालाजीका नलाईन प्लेटफर्ममार्फत विभिन्न सेवाहरू लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट पाइने बैंकले जनाएको छ । यो योजना २०७९ आषाढ मसान्तसम्म लागू हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *