एनएमबी बैंकद्वारा विद्यार्थीहरुलाई झोला वितरण

काठमाडौँ । एनएमबी बैंकले सामाजिक दायित्व अन्तर्गत पुकु दिदी फाउण्डेशन र बागमती मावि सिसौट सर्लाहीका विद्यार्थीहरूलाई स्कुल झोला वितरण गरेको छ ।

वितरणको क्रममा बैंकको तर्फबाट मधेश प्रदेश प्रमुख कमल पोख्रेलसहित शाखा प्रवन्धकहरू विवेक झा, अर्जुन ठाकुर र कर्जा अधिकृत पवन मिश्र उपस्थित थिए भने पुकु दिदी फाउण्डेशनबाट श्रीमती शोभा पौडेल लगायत सदस्यहरू उपस्थित थिए । बैंकले स्कुल ब्यागहरु, इन्भर्टर र ब्याट्री वितरण गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *