काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसले जितेका ३ वटै वडामा सबै पुरानै टिमले निरंतरता पायो

काठमाडौ । निर्वाचन क्षेत्र नम्बर १ का ४ वटै वडाबाट नेपाली काँग्रेसका उम्मेद्वारहरुको छनौट भखर सकिएको छ। नेपाली काँग्रेसले यस क्षेत्रका ४ वडा मध्धे वडा १० वडा ११ र वडा २९ मा भएको २०७४ सालको स्थानिय निर्वाचनमा पुरै सेट जितेको थियो । यस पटक २०७४ सालको स्थानिय निर्वाचन जित्ने टिमलाई पुन दोहोर्याईएको छ । कामपा वडा १० मा अध्यक्ष्यमा रामकुमार केसी वडा सदस्य खुल्लामा नरोज अर्याल जनजाती कोटाबाट वडा सदस्यमा सतिश तन्डुकार महिला वडा सदस्यमा रोहिणी श्रेष्ट र दलित महिला सदस्यमा सुनिता भित्राकोटि यसपालीको स्थानीय निर्वाचनमा पनि निरंतरता पाएका छन ।

यसै गरि कामपा वडा नम्बर ११ मा वडा अध्यक्षमा हिरालाल तन्डुकार र अन्य सदश्यहरुमा पुरानै अनुहारहरुलाई निरन्तरता दिएको छ । कामपा वडा नम्बर ११ मा वडा अध्यक्ष सहित यश पटक पनि पुरानै टिम दोहोरिएका छन् । वडा न २९ मा पनि पुरानै टिम दोहोरिएका छन । यस वडामा कुशकुमार ढकाल वडा अध्यक्ष थिए । र, पुनः वडा अध्यक्ष मै टिकट पाएका छन । २०७४ सालको स्थानिय निर्वाचनमा कामपा वडा ३२ मा सबै ५ वटै पद गुमाउन पुगेको नेपाली कांग्रेसले यस पटक त्यस क्षेत्रका अत्यन्तै लोकप्रिय युवा नेता शुरज्चन्द्र लामिछानेलाई वडा अध्यक्ष्यमा उम्मेद्वार बनाएको छ । शुरज्चन्द्र लामिछाने गत प्रदेश निर्वाचनमा काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ बाट उम्मेद्वारी दिएर ४१ मतले पराजित भएका थिए । यो समाचार तयार पार्दासम्म लामिछाने वडा अध्यक्ष्यमा उम्मेद्वार दिन मानिरहेका छैनन् । आफु पुन प्रदेश सभासदमा उठ्ने भनेर जिद्दी लिइरहेका छन् । यो वडामा गठबन्धन दल मध्धे नेकपा माओबादीलाई छोड्न सक्ने स्थिति छ भनेर भनिन्दैछ । लामिछानेले मान्दै मानेन भने ३२ नम्बर वडा माओवादीको पोल्टामा पर्न सक्ने स्थिति छ । हेरौ भरे अन्तिम समयसम्ममा के हुन्छ भन्न सकिन्न ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *