निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र दाखिला गर्दा पेश गर्नुपर्ने कागजातहरु

काठमाडौँ । (क) गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष वा नगर कार्यपालिकाको प्रमुख, उपप्रमुख पदको लागि
(१) सम्बन्धित स्थानीय तहको कुनै वडाको मतदाता नामावलीमा नाम रहेका एक जना प्रस्तावक र एक जना समर्थक सहित सम्बन्धित उम्मेदवारले सहीछाप गरेको स्थानीय तह निर्वाचन नियमावली, २०७३ को अनुसूची–१ बमोजिमको मनोनयनपत्र । (२) उम्मेदवार हुने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । (३) उम्मेदवार हुने व्यक्तिको सम्बन्धित गाउँपािलका र नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा निर्वाचन अधिकृतको कार्यालयबाट लिएको मतदाता नामावलीको उतार, मतदाता नामावलीको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि,

(४) स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६३ बमोजिम रु. १,५००।– धरौटी राखेको बैंक भौचर वा नगदी रसिद, तर महिला र दलित वा अल्पसब्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिले धरौटी वापत रु. ७५०।– राख्नुपर्ने । (५) बुँदा नं. (४) बमोजिम धरौटी छुट पाउनको लागि आर्थिक रुपले विपन्न व्यक्ति भएमा वार्षिक पारिवारिक आय पचास हजार रुपैयाँ भन्दा कम भएको भनी सम्बन्धित स्थानीय तहले गरेको सिफारिस तथा दलित वा अल्पसब्ख्यक समुदायको व्यक्ति भए सम्बन्धित निकाय वा स्थानीय तहबाट दलित वा अल्पसब्ख्यक समुदायको व्यक्ति भएको सिफारिस,

(६) दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको स्थानीय तह निर्वाचन नियमावली, २०७३ को अनुसूची–२ बमोजिमको औपचारिक पत्र, (दलको तर्फबाट उम्मेदवारीको औपचारिक पत्र दिन अधिकार पाएको पदाधिकारीले हस्ताक्षर गरेको हुनुपर्ने र सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतलाई सम्बोधन गरेको बोधार्थमा सम्बन्धित उम्मेदवारको नाम लेखिएको हुनुपर्ने) (७) उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्था वा कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा,
(८) स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–१३ बमोजिमको स्वघोषणा (९) वारिस मार्फत् मनोनयनपत्र दर्ता गराउने भएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–१५ बमोजिमको वारिसनामा ।

ख) गाउँपालिका वा नगरपालिकाको वडा सदस्य पदका लागि
(१) सम्बन्धित स्थानीय तहको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम रहेका एक जना प्रस्तावक र एक जना समर्थकसहित सम्बन्धित उम्मेदवारले सहीछाप गरेको स्थानीय तह निर्वाचन नियमावली, २०७३ को अनुसूची—१ बमोजिमको मनोनयनपत्र । (२) उम्मेदवार हुने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (३) उम्मेदवार हुने व्यक्तिको सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (निर्वाचन अधिकृतको कार्यालयबाट लिएको मतदाता नामावलीको उतार, मतदाता नामावलीको प्रतिलिपि वा मतदाताको परिचयपत्रको प्रतिलिपि),

(४) स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६२ बमोजिम वडा अध्यक्षको लागि रु १,०००।— र वडा सदस्यका लागि रु ५००।— धरौटी राखेको बैँक भौचर वा नगदी रसिद, तर महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न व्यक्तिले धरौटी वापत वडा अध्यक्षको हकमा रु ५००।— र वडा सदस्यको हकमा रु २५०।—राख्नुपर्ने । (५) बुँदा नं, (४) बमोजिम धरौटी छुट पाउनका लागि आर्थिकरुपले विपन्न व्यक्ति भएमा वार्षिक पारिवारिक आय पचास हजार रुपैयाँभन्दा कम भएको भनी सम्बन्धित स्थानीय तहले गरेको सिफारिश तथा दलित वा अल्पसंख्यक समुदायको व्यक्ति भए सम्बन्धित निकाय वा स्थानीय तहबाट दलित वा अल्पसंख्यक समुदायको व्यक्ति भएको सिफारिश,

(६) दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको स्थानीय तह निर्वाचन नियमावली, २०७३ को अनुसूची—२ बमोजिमको औपचारिक पत्र, (७) उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदानप्राप्त संस्था वा कुनै स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा, (८) स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची—१३ बमोजिमको स्वघोषणा,(९) वारिसमार्फत मनोनयनपत्र दर्ता गराउने भएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची—१५ बमोजिमको वारिसनामा ।

(ग) गाउँपालिका वा नगरपालिकाको दलित महिला सदस्यको लागि वडा अध्यक्ष वा वडा सदस्य पदको लागि आवश्यक पर्ने कागजातका अतिरिक्त सम्बन्धित गाउँपालिका वा नगरपालिका वा अधिकारप्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित निस्सा ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *