अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री युक्रेनमा

काठमाडौँ । रुससँगको यद्धबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रक्षामन्त्री लोयड अस्टिनलाई राजधानी किभमा भेट गरेका छन् । रुसी सेनाविरुद्ध कडा प्रतिकार गर्न युक्रेनले अमेरिकासँग हतियार सहयोग मागिरहेका बेला ब्लिनकेन र अस्टिनसँग राष्ट्रपति जेलेन्स्कीले भेट गरेका हुन् । रुसी सेनाले पूर्वी बन्दरगाह सहर मारिअपोललाई कब्जा गरेको दाबी गरिरहेका बेला युक्रेनले रुसको प्रतिकार गर्न अमेरिकासँग शक्तिशाली हतियार मागिरहेको छ ।

जेलेन्स्की सरकारले रुससँग शान्ति वार्ताको पनि प्रस्ताव गरेको छ । मारिओपोलमा रहेको स्टिल कारखानामा वार्ता गर्न सरकारले रुसी पक्षलाई आह्वानसमेत गरेको छ । रुसी सेनाले निरन्तर गोलाबारी गर्दा केही युक्रेनी सेना र सर्वसाधारण नागरिकहरू सो सहरमा फसेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

भीषण युद्धका कारण मारिओपोलमा केही सातादेखि विद्युत, खाद्यन्न, पानीको अभाव छ । राष्ट्रपति जेलेन्स्कीका सहयोगीले प्रस्तावित वार्तालाई अजोभस्टल कारखानाको पर्खालको छेउमा आयोजना गर्न सकिने बताएका छन् । जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले भने, ‘रूसले मारिउपोल अजोभस्टालमा लगातार आक्रमण गरिरहेको छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *