गठबन्धन दलका तर्फबाट बुटवलको प्रमुखमा पाण्डेको उम्मेदवारी

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनका लागि यहाँ नेपाली कांग्रेसका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । कार्यकर्ताका साथमा पालिकाका निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिएको छ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । आफ्ना कार्यकर्ताका साथमा आज उपमहानगरको निर्वाचन कार्यालयमा पुगेर पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।

पाँच दलीय गठबन्धन भए पनि कांग्रेसका नेता कार्यकर्ताका साथ उम्मेदवारी दर्ताका लागि पाण्डे निर्वाचन आयोग पुगेका थिए । उम्मेदवारी दर्ता गराउनु पूर्व सञ्चारकर्मीसँग कुराकानी गर्दै पाण्डेले पूर्वाधार विकासका कामलाई प्राथमिकता दिने बताए । बुटवलको सडक, खानेपानी र सुकुम्बासी समस्या समाधानको कामलाई पूर्णता दिने उनको भनाइ छ ।

गठबन्धनका तर्फबाट उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का चीनबहादुर गुरुङले उम्मेदवारी दिँदै छन् । यसअघि नै गठबन्धन दलको जनता समाजवादी पार्टी (जसपा)ले आइतबार प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएको छ । पद बाँडफाँटको विषयमा गठबन्धन दलमा विवाद भएपछि कांग्रेसले एकलरुपमै प्रमुखसहित अन्य वडाका पदमा उम्मेदवारी दर्ता गराएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *