नबिल बैंक र वैकल्पिक ऊर्जाबीच सम्झौता

काठमाडौँ । नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरूको प्रवद्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी सम्झौता भएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रको कार्यालय, मध्यबानेश्वरमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसुदन अधिकारीले हस्ताक्षर गरे । सम्झौता अनुसार कुनै पनि नवीकरणीय ऊर्जा आयोजनालाई दिएको ऋण कर्जाको भुक्तानी नभएमा त्यस ऋणमा नवीकरणीय ऊर्जा कोषले २० प्रतिशत साँवा रकमसम्मको सुरक्षण प्रदान गर्नेछ । यस अन्तर्गत सुरुमा यस जमानतले १० करोड सम्मको सुरक्षण प्रदान गर्नेछ ।

वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रको वित्तीय संयन्त्र केन्द्रीय नवीकरणीय ऊर्जा कोषले युके एडको सहयोगमा सस्टेनेबल एनर्जी च्यालेन्ज फन्डको स्थापना गरेको छ । सस्टेनेबल एनर्जी च्यालेन्ज फन्डले नवीकरणीय ऊर्जा परियोजनाहरूलाई वित्तीय व्यवहार्यता र दिगो सञ्चालन सुनिश्चित गर्न वित्तीय र प्राविधिक सहायता प्रदान गर्दछ । यो सम्झौतासँगै बैंकले दिगो ऊर्जा स्रोतको प्रवर्द्धन गर्ने र नवीकरण ऊर्जामा बलियो लगानी निर्माण गर्ने उदेश्य लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *