मनोनयनको पहिलो दिन मधेसमा देखिएन उत्साह

काठमाडौँ । मनोनयनको पहिलो दिन मधेश प्रदेशका ८ जिल्लामा पनि मनोनयन उत्साहजनक देखिएन । सप्तरीको राजविराज नगरपालिकामा विभिन्न दल र स्वतन्त्रका गरी ३ दर्जनभन्दा बढीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । राजविराज नगरपालिकाको प्रमुख र उपप्रमुखकमा राप्रपाबाट क्रमशः उमेशप्रसाद साह र सरिता झाले उम्मेदवारी दर्ता गराएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट नगर प्रमुख पदमा दीपेन्द्र चौधरी तथा उपप्रमुखमा साधना झाले उम्मेदवारी दर्ता गराएका छन् । जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी), सीके राउत नेतृत्वको जनमत पार्टी, तमलोपा, जनता प्रगतिशील पार्टी लगायतले पनि उम्मेदवारको टुङ्गो लगाएको छ । यद्यपि, ती दलका उम्मेदवारहरूले सोमबार उम्मेदवारी दर्ता गराउने तय भएको छ । जसपाले नगर प्रमुख पदमा भीमराज यादव तथा उपप्रमुखमा इशरव प्रवीणलाई उम्मेदवार बनाएको छ ।

यस्तै, सप्तरीको रूपनी गाउँपालिकामा जनता समाजवादी पार्टीका ३२ जनाले मनोनयनपत्र दर्ता गरेका छन् । मनोनयन दर्ता गराउनेमा अध्यक्षमा हरेराम यादव, उपाध्यक्षमा बेचनीदेवी सरदार, वडा अध्यक्षहरूमा नम्बर– १ मा लालबाबु महतो, २ मा दानालाल साह, ३ मा सरयुग साह, ४ मा तेजनारायण यादव, ५ मा गंगाराम यादव, ६ मा बद्री सरदारले मनोनयन दर्ता गराएका हुन् । बाराको कलैया उपमहानगरपालिकामा विवेकशील साझाबाट प्रमुखमा शिवजीप्रसाद साह कानुले मनोनयन दर्ता गरेका छन् । यस्तै, कलैया उपमहानगरपालिका– ३ को वडा अध्यक्षमा समसुल मन्सुरले मनोनयन दर्ता गरेका छन् । बाराको देवताल गाउँपालिकाका अध्यक्ष चन्दनकुमार सिंहले लोकतान्त्रिक समाजवादी पार्टीबाट पुनः गाउँपालिका अध्यक्षमा मनोनयन दर्ता गराएका छन् । उनी २०७४ सालको निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए । पार्टीले टिकट दिएपछि राजीनामा गरेर उनले मनोनयन दर्ता गरेका हुन् । रौतहटका १८ स्थानीय तहमा स्थापना भएका निर्वाचन कार्यालयहरूमा आइतबार अधिकांश स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । रौतहटको गौरमा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार अनिमेश मिश्रले पहिलो मनोनयन दर्ता गराएका छन् । निवर्तमान प्रमुख अजयकुमार गुप्ताले लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट फेरि प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी रौतहटको ईशनाथ नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदमा अञ्जु झा र उपप्रमुख पदमा लालबिहारी साहले मनोनयन दर्ता गराएका छन् । चन्द्रपुर नगरपालिकामा वडा अध्यक्ष पदका लागि एक जनाको मनोनयन दर्ता भएको छ । महोत्तीको बर्दिबास नगरपालिकामा जम्मा २ जनाले मनोनयन दर्ता गरेका छन् । वडा अध्यक्षको लागि स्वतन्त्र उम्मेदवार १ र पालिका उपप्रमुखका लागि १ जनाबाहेक कसैले पनि मनोनयन दर्ता गरेका छैनन् । भङ्गाहा नगरपालिकामा १, मट्टीहानीमा ५, सम्सीमा ७, लोहारपट्टीमा ५, रामगोपालपुरमा ३, महोत्तरी गाउँपालिकामा २, जलेश्वरमा ८, सोनामा १, पिपरामा १, गौशालामा २ गरी जम्मा ३७ जनाले मनोनयन दर्ता गराएका छन् । वीरगञ्ज महानगरपालिकाको प्रमुखमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । २ जना दल र १० जना स्वतन्त्र गरेर १२ जनाले वीरगञ्ज महानगरको प्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् । नेपाल किसान पार्टीबाट गोकर्ण प्रसाद कोइरी र नेपाल सद्भावना पार्टीबाट विजय कुमार रौनियारले उम्मेदवारी दिएका हुन् । विकासराज पटेल, फिरोज आलम, राधेश्याम साह, संजीव यादव र सगिर अलीले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । राजेन्द्र सिंह भूमिहार पनि स्वतन्त्र उम्मेदवार हुन । पर्साको पकाहामैनपुर गाउँपालिका अध्यक्षका लागि ३ जनाले उम्मेदवारी दिएका छन् । जसपाबाट निवर्तमान अध्यक्ष विजय चौर सिया, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्योति कुमारी, नेपाल सुशासन पार्टीबाट प्रभु प्रसाद पटेलले उम्मेदवारी दर्ता गरेका हुन् । उता जगरनाथपुर गाउँपालिकामा जनता सामाजवादी पार्टीको तर्फबाट अध्यक्षमा कृष्ण मोहन यादवको प्यानलले उम्मेदवारी दर्ता गराएको छ । त्यस्तै जिराभवानी गाउँपालिकाको वडा नम्बर ३ वडाध्यक्ष सहित जसपाको प्यानल र वडा नं ३ मा वडाध्यक्ष सहित नेकपा एकिकृत समाजवादीको २ सदस्यको उम्मेदवारी दर्ता भएको छ । सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा नेपाल सुशासन पार्टीको तर्फबाट बृजमोहन चौधरीले उम्मेदवारी दर्ता गरेका छन् ।

गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र पासवान, महेश प्रसाद यादव, प्रदेशी महतो, फेकु थारु, मदुसुधन महतो थारु र रामबालक कुम्हालले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । त्यस्तै बिन्दवासीनी गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट अध्यक्षमा प्रमोद तिवारीको सेट सहितको उम्मेदवारी दर्ता भएको छ । जनता समाजवादी पार्टीको तर्फबाट निर्वतमान अध्यक्ष श्रीलाल साह कानुको सेटकै उम्मेदवारी दर्ता भएको अरुण कुमार कोइरालाले जानकारी दिए । त्यस्तै धोविनी गाउँपालिकामा पत्रकार राजाकुमार पटेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्षमा एक जना र वडा सदस्यमा दुई जनाको उम्मेदवारी परेको छ । बहुदरमाई नगरपालिकामा ३ जना वडाध्यक्षको मात्र उम्मेदवारी दर्ता भएको छ । पोखरिया नगरपालिकाको मेयरमा राप्रपाबाट जीवनज्योती पासवान, नेपाल सुशासन पार्टीको तर्फबाट मेयरमा शंकर राउत अहिर, उपमेयरमा बिणादेवी, सहित ७ वटा वडाध्यक्ष सहित ३५ जनाको उम्मेदवारी परेको छ भने स्वतन्त्रबाट मेयरमा धर्मराज यादव र उपमेयरमा जयकुमार रजकको उम्मेदवारी परेको छ । ठोरी गाउँपालिकाको अध्यक्षमा नेकपा एकिकत समाजवादी पार्टीको तर्फबाट गंगा बहादुर खड्काको उम्मेदवारी दर्ता भएको छ । पकाहा मैनपुर गाउँपालिका अध्यक्षका लागि ३ जनाले उम्मेदवारी दिएका छन् । पकाहा मैनपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष विजयकुमार चौरसिया, ज्योति कुमारी र प्रभुप्रसाद पटेलले उम्मेदवारी दर्ता गराएका हुन् । निवर्तमान अध्यक्ष चौरसियाले जनता समाजवादी पार्टी, ज्योति कुमारीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तथा सुशासन पार्टीबाट प्रभुप्रसाद पटेलले उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी पर्साको धोबिनी गाउँपालिकाको उपाध्यक्षमा एक जना पत्रकारले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पत्रकार राजकुमार पटेल (आरके)ले उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनी वीरगंजबाट प्रकाशित हुने प्रतीक दैनिक, रेडियो वीरगंज र टीभी वीरगंजमा कार्यरत थिए । मधेसमा देखिएन उत्साह विराटनगर महानगर प्रमुखमा ३ जनाको मात्र मनोनयन बिराटनगर÷टीएनटी– विराटनगर महानगरको प्रमुखमा ३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, महानगरको वडा अध्यक्ष र सदस्यका लागि ५४ जनाको उम्मेदवारी परेको छ । प्रमुखका लागि स्वतन्त्रबाट उमेश यादव र सक्रिय गौतमको उम्मेदवारी परेको छ । सीके राउतको नेतृत्वको जनमत पार्टीको तर्फबाट प्रमुखमा अरुणकुमार मण्डलको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले शनिबार मात्र जनता समाजवादी पार्टी परित्याग गरेका थिए ।

विराटनगर महानगरपालिकाको वडा– १० अध्यक्षमा विजयी भएका स्वतन्त्र उम्मेदवार माधव वाग्लेले फेरि पनि सोही वडाको वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । वडा– को वडा अध्यक्षमा स्वतन्त्र उम्म्ेदवारी सिटी रिक्सा चालक धु्रव विश्वकर्माले पनि मनोनयन दर्ता गरेका छन् । यस्तै, विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेस (बीपी)बाट रामचन्द्र गौतमले उम्मेदवारी दर्ता गर्ने भएका छन् । गौतमले सोमबार उम्मेदवार मनोनयन दर्ता गर्ने जानकारी दिए । यस्तै, वडा– १० को खुला सदस्यमा मोहनप्रसाद साह र वीरेन्द्रबहादुर खड्काले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । सोमबार, १२ वै

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *