मौसम : यी क्षेत्रमा चट्याङसहित क्षणिक वर्षा

काठमाडौं । पहाडी भूभागमा स्थानीय वायु प्रभाव रहेको छ । बिहान प्रदेश १ मा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ । मंगलबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रहने ठानिएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *