सूर्या लाइफको ब्राण्डिङ्ग हेडमा गिरी नियुक्त

काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्सको ब्राण्डिङ्ग हेडमा मेघेन्द्र प्रकाश गिरी नियुक्त भएका छन् । कम्पनीले गिरीलाई ब्रान्ड डिजिटल मार्केटिङ पब्लिक रिलेसनको प्रमुखको रूपमा नियुक्त गरेको हो ।
यससँगै गिरीले आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् ।

उनले यसअघि एनआईसी एशिया बैंक र नेपाल लाइफ इन्स्योरेन्सको ब्राण्डिङ र मिडिया सम्हालेका छन् । यससँगै उनले यो क्षेत्रमा मात्रै दुई दशक पार गरिसकेका छन् । बर्दियाको गुलरियामा जन्मिएका गिरिले एमबिए र अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *