इन्फो डेभलपर्समा सुब्बा

काठमाडौँ । सूचना प्रविधि कम्पनी इन्फो डेभलपर्सको सञ्चालक समितिको निर्णय अनुसार प्रमुख सञ्चालन अधिकृत सीओओ मा डा राजिव सुब्बा नियुक्त भएका हुन् । सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा लामो अनुभव भएका सुब्बाले अमेरिकाको हवाई विश्वविद्यालयबाट सञ्चार तथा सूचना विज्ञान विषयमा पीएचडी गरेका छ्न् । साथै उनीसँग सञ्चार, सूचना प्रविधि र व्यवस्थापनमा २५ वर्षभन्दा लामो अनुभव छ ।

नेपाल प्रहरीमा नयाँ-नयाँ सञ्चार तथा सूचना प्रविधि भित्र्याउनुका साथै नेपाल प्रहरी सञ्चारलाई डिजिटाइजेसन् गर्न उनको महत्त्वपूर्ण योगदान छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबाट सम्मान पाएका सुब्बासँग राष्ट्रिय योजना आयोग, सयुक्त राष्ट्र संघ, संयुक्त राज्य अमेरिका, अन्तर्राष्ट्रिय व्यापार केन्द्र तथा क्यान महासंघ जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा पनि काम गरेको अनुभव छ । नव नियुक्त सीओओ सुब्बालाई इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत सीईओ उमेश रघुवंशीले एक कार्यक्रमका बीच स्वागत गरे । २०५९ सालमा स्थापना भएको इन्फो डेभलपर्सले बैंकिङ तथा वित्तीय क्षेत्र लगायत नेपाल सरकार, अन्तर्राष्ट्रिय एजेन्सीहरुलाई प्राथमिकतामा राखेर आफ्ना सफ्टवेयर विकास गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *