एभरेष्ट बैंकद्वारा अस्पताल र स्कुललाई सहयोग

काठमाडौँ । एभरेष्ट बैंकले कोपिला भ्याली स्कुलका विद्यार्थीहरूलाई ब्याग र कर्णाली प्रदेश अस्पताललाई मेडिकल उपकरण प्रदान गरेको छ । कर्णाली प्रदेशमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । साथै बैंकले केही महिना अगाडि लक्ष्मी पार्क बुटवलमा पार्कमा घुम्न आउने पर्यटकहरूको सुविधाका लागि निर्माण गरिएको शौचालय पनि हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ भने विभिन्न सामाजिक क्लब तथा संस्थाहरुलाई कल्याणकारी कार्यमा सहयोग गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *