भन्सार छलि ल्याएका विभिन्न चाँदीका गरगहना सहित पक्राउ

काठमाडौँ । लहान नगरपालिका-३ अस्पतालचोकस्थित सगरमाथा होटल एण्ड लजबाट २ जनालाई भन्सार छलि ल्याएका ७ केजी ६ सय ११ ग्राम बराबरको विभिन्न चाँदी गरगहना सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ रंङेली नगरपालिका-९ बस्ने २७ वर्षीय उमेश बिश्वकर्मा र सोही ठाउँ बस्ने ३६ वर्षीय महेश कुमार बिश्वकर्मा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त होटल एण्ड लज तलासी गर्दा उनीहरूको साथबाट उक्त परिमाणको चाँदीका गर-गहनाहरु फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई बरामद चाँदीका गरगहना सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *