मुक्तिनाथका ग्राहकलाई भरतपुर टाउन रेसिडेन्सीमा छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंकका कार्डवाहक र अनलाइन बैंकिङबाट कारोबार गर्नेले भरतपुर टाउन रेसिडेन्सीमा छुट पाउने भएका छन् । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरू भरतपूर टाउन रेसिडेन्सी बारमा कारोबार गर्दा १० प्रतिशतसम्म छुट पाउने गरी दुई कम्पनीबीच सम्झौता भएको हो ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले उक्त बारमा कारोबार गर्दा छुट पाउनेछन् । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम प्रयोग गरी नेपालभर रहेका जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *