सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश गरेका छन् । धुम्बाराहीस्थित पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले न्यौपानेलाई राप्रपामा स्वागत गरेका थिए । अध्यक्ष लिङ्देनले मंगलबार सदस्यता दिएर उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा पूर्व अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, नेताहरू दिपक बोहरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर लगायतका नेताहरूले न्यौपानेलाई पार्टीमा स्वागत गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *