विभिन्न घटना सम्बन्धि विवरण हेर्नुहोस्, कहाँ कहाँ के भयो ?

मोरङ । चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका तथा कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट ईलाज गर्नको लागि ईजाजतपत्र प्राप्त समेत नगरी क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका-१ फिलिम हल लाईनस्थित श्री राम पाईल्स क्लिनिकका सञ्चालक भारत पश्चिम बंगाल दार्जिलिङ रानीगन्ज पानसाली पञ्चायत बस्ने २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैँचा नगरपालिका-३ गछिया चोकस्थितमा कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक दार्जिलिङ देवीगन्ज ग्राम पञ्चायत बस्ने २९ वर्षीय सनोड मण्डल रहेका छन् ।

उनीहरूले क्लिनिक सञ्चालन गरी डाक्टर हुँ भनि औषधि उपचार गरी ठगी तथा स्वास्थ्यमा समेत खेलवाड गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत मोरङबाट ईलाज सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति प्राप्त गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

अवैध लागूऔषध गाँजा सहित पक्राउ
बारा । कलैया उपमहानगरपालिका-१० लिलकन्ठवा हनुमान मन्दिर अगाडिबाट करिब २ सय केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका ६० वर्षीय रामदर्शन महत्तो र ३५ वर्षीय अजित पासवान रहेका छन् । प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही । बागमती नगरपालिका-३ स्थित भित्रि सडकबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित बरहथवा नगरपालिका-३ हजरिया टोल बस्ने ४१ वर्षीय राम भजन रामलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ग।५ प ३६२९ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट जिरायतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक रामलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
कास्की । पोखरा महानगरपालिका-२ अर्चलबोट डेरा गरी बस्ने माछापुच्छ्रे गाउँपालिका-१ घर भएका ५० वर्षीय राम बहादुर पुनको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २४ हजार ७ सय ३० रूपैयाँ, ४ बुक तास र १ थान तन्ना सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा ५ जनाको मृत्यु
चितवन । इच्छाकामना गाउँपालिका(३ चुम खोलास्थित सडकमा बागमती प्रदेश ०२-०३३ प ४८११ नम्बरको मोटरसाइकललाई ना.६ ख २३०१ नम्बरको ट्रकले मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक अछाम तुरमाखात गाउँपालिका-५ बस्ने २७ वर्षीय भरत शाहीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मुत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी चितवन । भरतपुर महानगरपालिका-१९ शारदानगर टाउनस्थित सडकमा बा.३ ख ६२६५ नम्बरको माइक्रोबसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५६ वर्षीय लक्ष्मण राईको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

बारा । जितपुरसिमरा उपमहानगरपालिका-१६ बालगंगा पुल नजिक सडकमा लु.२ ख १९४२ नम्बरको ट्रक र ना.५ च २८७३ नम्बरको बोलेरो एक आपसमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा बोलेरो चालक कलैया उपमहानगरपालिका-१५ बकुल्हार बस्ने २५ वर्षीय अजय सहनीको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्याङ्जा । हरिनास गाउँपालिका-१ भुटियाखोलास्थित सडकमा ना.६ त १८१९ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँ सालडाँडा बस्ने ६६ वर्षीय बुद्ध भुजेलको मंगलबार राति मृत्यु भएको छ । ट्याक्टरबाट खसेका उनको सोही ट्याक्टरले किच्दा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङ । बुढिगंगा गाउँपालिका-३ शान्ति चोकस्थित सडकमा बागमती प्रदेश-०१-०२७ च २२६६ नम्बरको कारले मे.२ प ६९५७ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-२ बगवन बस्ने ३० वर्षीय शोभा राजबंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला
सप्तरी । शम्भुनाथ नगरपालिका-३ कचन्दाहास्थित राधा कृष्ण मन्दिरको बारान्डामा सोही नगरपालिका-९ बज्रहट टोल बस्ने ५० वर्षीय अर्जुन मुखिया मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीमा परी मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट
बाजुरा । खप्तड छेडेदह गाउँपालिका-२ ओटेखेत बस्ने ७५ वर्षीया तुले देवी बुढाको घर र गोठमा मंगलबार राति आगलागी हुँदा सोही आगलागीमा जलेर तुले देवी बुढाको घटनास्थलमै मृत्यु भएको छ । आगलागीबाट घर र गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ ।

कपिलवस्तु । शिवराज नगरपालिका-४ चनई बस्ने बहादुर यादवको घरमा गएराति अचानक आगलागी भई आगो फैलिएर सोही ठाउँ बस्ने २ जनाको घरमा समेत आगलागी हुँदा ३ वटा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

यसैगरी कपिलवस्तु । शिवराज नगरपालिका-११ जामुन बगिया बस्ने राम सुन्दर कोहारको घर र गोठमा करेन्ट सर्ट भई मंगलबार राति आगलागी हुँदा उक्त आगो फैलिएर सोही ठाउँ बस्ने पुसा पासीको घर र गोठमा समेत आगलागी हुँदा दुवै जनाको घर र गोठ पूर्णरूपमा जलेर करिब ६

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *