‘सत्तामा टाँसिन इमरान खानले सेनासँग याचना गरे’

काठमाडौँ । पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का उपाध्यक्ष म्यारीयम नवाजले निवर्तमान प्रधानमन्त्री इमरान खान सत्तामा टाँसिन र आफ्नो सरकार जोगाउन अन्तिम समयसम्म सेनासँग याचन गरेको आरोप लगाएकी छिन् ।

‘इमरान खान यति निराश थिए कि आफ्नो सरकार जोगाउन सेनासँग अन्तिम समयसम्म याचना गरेका थिए । आफूविरुद्धको अविस्वासको प्रस्तावको पूर्वसन्ध्यामा उनले पूर्वराष्ट्रपति तथा पीपीपीका सहअध्यक्ष असिफ अली जर्दारीसँग सहयोग मागेका थिए’, म्यारियमले भनिन् । म्यारियम नवाज सरिफकी छोरी हुन् ।

आफ्नो ७५ वर्षको इतिहासमा पाकिस्तानी सेनाले बारम्बार निर्वाचित सरकार कु गर्दै आएको छ । त्यस्तै, सुरक्षा र विदेश मामिलामा पनि सेनाको हस्तक्षेप देखिन्छ । यद्यपि, सेनाले शहबाज शरीफ र खानबीचको हालैको झगडाबाट आफूलाई अलग राखेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *