कामना सेवाद्वारा शाखारहित बैंकिङ सेवा

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले सिराहा जिल्लाको लक्ष्मीपुर पतारी–४ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । लक्ष्मीपुर पतारी गाउँपालिका–४ स्थित बिना रेमिटेन्सलाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

लक्ष्मीपुर पतारीका मेयर रामवलव साह, वडाध्यक्ष विद्यानन्द मण्डल तथा प्रहरी नायव निरीक्षक मुरारी रामले संयुक्त रुपमा उक्त शाखारहित बैंकिङ सेवाको उद्घघाटन गरी सेवा आरम्भ गरेका हुन् । शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायत सुविधाहरू प्रदान गर्ने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *