गरिमाका ग्राहकलाई अन्नपूर्ण केवलकारमा छुट

काठमाडौं । गरिमा विकास बैंकले अन्नपूर्ण केवलकारमा आकर्षक छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुरुप, यस बैंकको मोबाईल बैकिङ तथा डेविट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरूले केवलकारको टिकट मूल्यमा १० प्रतिशत छुट प्राप्त गर्नसक्छन् ।

अन्नपूर्ण केवलकार पर्यटकीय स्थल पोखराको फेवातालदेखि सराङ्कोटसम्म हालसालै सञ्चालनमा आएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.