वडा अध्यक्षका उम्मेदवार घिमिरेले लिए उम्मेदवारी फिर्ता

हेटौंडा । हेटौंडा उपमहानगरपालिका-२ को वडा अध्यक्षमा उम्मेदवारी दिएका रवीन्द्र घिमिरेले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेसले घिमिरे अर्का उम्मेदवार विष्णुगोपाल महर्जनलाई उम्मेदवारीको लागि टिकट दिएको थियो । महर्जनले पहिला नै उम्मेदवारी दिएपछि घिमिरेले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए ।

घिमिरेले पत्रकार सम्मेलन नै गरेर पार्टीले आफूलाई अपहेलित गरेको भन्दै दुई जनालाई टिकट दिनेलाई कारबाहीको माग गरेका थिए । घिमिरेले आज उम्मेदवारी फिर्ता लिएका हुन् । घिमिरेलाई नेपाली कांग्रेस मकवानपुरका सभापतिले आमन्त्रित सदस्यमा मनोनीतसमेत गरेका छन् । वडा अध्यक्षमा बागी उम्मेदवारी दिएका कांग्रेसका अर्का नेता सुदि राजबाहकले भने उम्मेदवारी फिर्ता लिएनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *