अफगानिस्तानमा भएका निरन्तर आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

काठमाडौँ । अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा हमला भइरहेकामा संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले सो निन्दा गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको शनिबारको बैठकले पछिल्ला हप्तामा अफगानिस्तानमा हिंसात्मक आक्रमणका घट्ना हुनु दुःखद भएको जनाएको हो ।

पछिल्ला हप्ताहरुमा यहाँ हत्या हिंसाका शृंखला बढ्दै गएका र यी आक्रमणहरुले यहाँका सर्वसाधारण नागरिकहरुलाई लक्ष बनाएकाले यसप्रति सुरक्षा परिषदले चिन्ता व्यक्त गरेको छ । अफगानिस्ताजमा मजार ए शरिफमा रहेको एक मस्जिदमा गत बिहीबार हमला हुदा कैयौँ नागरिकको ज्यान गएको थियो । त्यसैगरी शुक्रबार कुन्दुजमा दुई बसमा बम हमला भएको र सर्वसाधारण नागरिकको ज्यान गएको थियो । यहाँका अल्पसंख्यक धार्मिक समुदायका नागरिकमा हुने गरेको हमलाको संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको र दोषीमाथि कडा कारबाहीको माग गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *