श्रमिक अधिकार कार्यान्वयन गर्नु आजको आवश्यकता : मुख्यमन्त्री

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले श्रमिक अधिकार कार्यान्वयन गर्नु आजको प्रमुख आवश्यकता भएको बताए । श्रमजीवीहरुले सङ्घर्ष गरेर स्थापित गरेको दिन मे १ अर्थात ११३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वदेश, विदेश तथा कर्णालीवासी सम्पूर्ण श्रमिक वर्गलाई शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहीले श्रमिकको महत्वपूर्ण योगदानले आजको व्यवस्थामा आइपुगेको बताए ।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, “मुलुकको प्रगति र उन्नतिका लागि निरन्तर कर्म क्षेत्रमा जुट्ने असङ्ख्य श्रमिकप्रति उच्च सम्मान प्रकट गर्दछु । श्रमिकको अधिकार सुनिश्चित् गर्न र सामाजिक आर्थिक समुन्नति हासिल गर्न सम्पूर्ण नेपाली एकजुट हुनुपर्दछ ।” यद्यपि नेपालको संविधानको मौलिक हकमा श्रम र सामाजिक सुरक्षाको हकको व्यवस्था गरिएको उनले सन्देशमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री शाहीले सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षालगायतका श्रम अधिकार सार्थकरुपमा प्रयोग गर्न सक्ने प्रेरणा श्रमिक दिवसबाट मिल्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *