सबै सहर श्रमिकको मेहनतबाट बनेको हो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सबै पुराना र नयाँ सहर श्रमिकको मेहनतबाट बनेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा आज जिफन्टले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मजदूरकै प्रयासका कारण सबै सहर अहिलेको अवस्थामा आएको उल्लेख गरेका छन् । विगतदेखि नै मालिकलाई श्रमिकले बाँच्न पाउने गरी मात्रै ज्याला दिनुपर्छ भन्ने सोच पाइएको उनको भनाइ छ । उनले भने, “मजदूरलाई ज्याला दिँदा ऊ र उसको परिवार बाँच्न सकोस् भन्ने मात्रै थियो र तीनका सन्तानलाई पनि मजदूर नै बनाउने सोच पाइन्थ्यो ।” मजदूरको लामो सङ्घर्षबाट आन्दोलनको स्मरण गर्न मे दिवसका रुपमा मनाउन थालिएको पूर्वप्रधानमन्त्री ओलीले बताए ।

विभेद र अत्याचार भएपछि मजदूर एकताबद्ध भएर आन्दोलन सुरु गरेको अध्यक्ष ओलीको भनाई छ । “त्यतिबेला श्रमिकको ज्यानको सुरक्षा पनि मालिकको हातमा हुने सोचाइ रहेको पाइन्थ्यो” उनले भने, “वर्गीय समाज बनेदेखि नै मजदूरलाई विभेद हुँदै आयो ।”

फरक प्रसङ्गमा अध्यक्ष ओलीले अहिले काठमाडौँ महानगरपालिकामा प्रमुख र उपप्रमुख दुबै पदका उम्मेदवार सक्षम र सबल रहेको उनले दावी गर्नुभयो । एकजना अनुभवी र अर्का युवा जोश भएकाले त्यो दुई कुराको संयोजन सकारात्मक रहेको उनले जिकिर गरेका छन् । हाल प्रमुखका उम्मेदवारले यसअघि प्रमुख हुँदा सकारात्मक काम सुरु गरेको र उपप्रमुख डङ्गोल युवा, महिला, नयाँ पुस्ताका र काठमाडौँका स्थानीयको प्रतिनिधिका रुपमा रहेका उनको तर्क थियो । अहिले सबैतिर एमालेका पक्षमा लहर रहेकोसमेत उनले दावी गरेका छन् ।

सामाजिक न्याय र समानताको नेतृत्वको अगुवाई एमालेले गर्ने अध्यक्ष ओलीले बताए । “शारीरिक अशक्तलाई सबल र सक्षम बनाउन र उनीहरुलाई सम्मानजनक बाँच्न पाउने व्यवस्था मिलाउने काम एमाले नेतृत्वको सरकारले गरेको हो” उनले दोहोर्याएका छन् ।

उद्योग, श्रम, कृषि, व्यापार, बजार, सुरक्षा, सम्पदा, प्राकृतिक, नदीनालालगायतका क्षेत्रमा सुधारको नेतृत्व एमालले गरेको बताए । उनले भने, “हाम्रो पहलमा बागमती, विष्णुमतिजस्ता धार्मिक नदी सफा गर्न अनेकन काम सुरु गरिएको थियो, अहिले त्यसमा केही सुधार आएको छ ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *