सिन्धुपाल्चोकमा उम्मेद्‌वारलाई भ्रष्टाचार नगर्ने कसम खुवायो राप्रपाले

काठमाडौँ । राप्रपाले चौतारा साँगाचोकगढी नगरपालिकामा मेयर, उपमेयर र वडा अध्यक्षको उम्मेद्‌वारी दिएका आफ्ना नेतालाई भ्रष्टाचार नगर्ने कसम खुवाइएको छ । जिल्लाको प्रसिद्ध धार्मिकस्थल गौराती भिमेश्वरको मन्दिरको प्राङगणमा भेला गरेर राप्रपाले आफ्नो पार्टीको तर्फबाट स्थानीय निर्वाचनको उम्मेद्‌वार बनाएइकाहरूलई भ्रष्टाचार नगर्ने कसम खुवाइएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले केही दिनअघि काठमाडौँमा भ्रष्टाचार गरेर पैसा खानु आमाको रगत खानु सरह हुने भन्दै कसम खुवाएर मात्रै उम्मेदवार बनाउने बताएका थिए । अध्यक्ष लिङ्देनको सोही उद्घोषबमोजिम राप्रपाका सबै उम्मेदवारलाई भ्रष्टाचार नगर्ने वाचा गराएको राप्रपा जिल्ला अध्यक्ष राजकुमार कुँवरले बताए । त्यस अवसरमा राप्रपा चौतारा साँगाचोकगढी नगरपालिकाकी मेयर उम्मेद्‌वार सुन्तली ढुँगेललगायतका उम्मेदवारहरू सहभागी थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *