नेपाली कांग्रेसमा प्रवेशपछि प्रम देउवासँग नायक भुवन केसी र नायिका स्वेता खड्का

काठमाडौँ । नेपाली कांग्रेसमा आज मङगलबार अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेसमा प्रवेश गरेका छन् प्रवेश गरेपछि प्रधानमन्त्री एवं नेका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा नायक भुवन केसी, नायिका स्वेता खड्कालगायत सहभागी । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच केसी र खड्का कांग्रेसमा प्रवेश गरेका हुन् ।

यसअघि एमालेमा संलग्न रहे पनि अभिनेता केसी निष्क्रिय जस्तै थिए । स्थानीय निर्वाचनको मुखमा उनलाई स्वागत नेपाल नेतृत्वको पार्टीले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा अघि सारे पनि पछि अस्वीकार गरेका थिए । यस्तै खड्का भने दलीय राजनीतिमा खुलेकी थिइनन् । पार्टीमा प्रवेश गराउँदै देउवाले कलाकार देशको गहना भएको बताउँदै पार्टीले उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिएका छन् ।

यस्तै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि कांग्रेस प्रवेश गरेका छन् । उनीहरु सबैलाई बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए । उनीहरुलाई अभिनेता नीर शाहलगायतले कांग्रेसमा प्रवेश गराउन पहल गरेको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *