फोहोर व्यवस्थापन कसैको प्राथमिकतामा नपरेकै हो ?

काठमाडौँ । चुनावी माहोल सर्वत्र तातिसकेको छ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय चुनावका निम्ति विभिन्न पदमा उठेका उम्मेदवारहरुले धमाधम कार्यक्रमको घोषणा गरिरहेका छन् । सबैजसो पार्टीले आफ्नो संकल्पपत्र पनि सार्वजनिक गरेका छन् । उनीहरुको सस्तो संकल्पपत्रमा फोहोर व्यवस्थापनलाई लिएर कुनै विषय नै उठान गरिएको छैन् । महिनावारीको बेलामा बिदा दिने, सुत्केरी भत्ता दिने, हेलिकप्टरबाट बिऊ छर्ने, सिँचाइ गर्नेजस्ता कुनै औचित्य नै नभएका विषय मात्र समेटिएका छन् । तर, फोहोरलाई कसरी व्यवस्थापन गर्ने ? भन्ने बारे समेटिएको छैन् ।

काठमाडौं उपत्यकामा एकपटक मात्र होइन् पटकपटक फोहोरको समस्या बल्झिएको छ । विगत दुई सातादेखि राजधानीमा फोहोर उठेको छैन् । जसका कारण गल्ली, चोक र बाहिरी सडकहरुमा फोहोरको थुप्रो थुप्रिएको देख्न सकिन्छ । यता, नदीनालाको छेउछाउ पनि फोहोरको डंगुर छ । पाँच वर्षको कार्यकाल सम्हाल्ने आउने उम्मेदवारले पनि फोहोर डंगुर देखेका होलान् । फोहोर नउठ्दा उपत्यकावासीले भोगेको सास्तीबारे जानकार होलान् । तापनि, उनीहरुको प्राथमिकतामा फोहोर व्यवस्थापन किन परेन् ? दैनिक समस्यालाई समाधान गर्नतिर होइन् बरु हुँदो न खाँदोको सस्तो र अपत्यारिलो भाषण दिनमा उनीहरु व्यस्त छन् ।

वीरगंज, विराटनगर, जनकपुरलगायतका स्थानमा पनि फोहोरको समस्या बारम्बार बल्झिएको छ । अहिले पनि जनकपुरमा जहीतही फोहोरको डंगुर देख्न सकिन्छ । मुलुककै ऐतिहासिक स्थल भनेर चिनिने जनकपुरको हाल बेहाल छ । फोहोर नउठ्दा त्यहाँको सर्वसाधारणलाई मात्र नभई आन्तरिक वा बाह्य पर्यटकलाई समेत सास्ती भएको छ । एउटा फोहोर व्यवस्थापनको विषय उठान त गर्न नसक्ने उम्मेदवारबाट अरु के अपेक्षा राख्ने ? समस्या समाधान गर्नलाई पद नै कुरिरहनुपर्ने हो ? पहिले काम गरेर देखाउनुपप्यो त्यसपछि मात्र घरघरमा भोट माग्न आउनुपप्यो । यता, हामी नेपाली पनि कसरी हुन्छ सरकारलाई गिज्याउन ठाँउ मात्र खोजिरहन्छौ । खाने बेलामा हामी खान्छौ । फोहोर उत्पादन गर्ने पनि हामी नै हो । तर, हाम्रो लागि दोषी भने सरकार मात्र हो । सम्बन्धित निकायले बारम्बार कुहिने र नकुहिने फोहोरको वर्गीकरण गर्न आग्रह गर्दै आएको छ । तर, कसैले पनि मानेका छैनन् । बाटोमा ल्याएर जथाभावी फोहोर फालिदिनुको साटो घरकै छतमा वा कहीकतै राखिदिएको भए यत्रो सर्वसाधारणले सास्ती पाउदैनथे । सरकारलाई सहयोग गर्नुको साटो हामी नेपाली उल्टै गैरजिम्मेवार काम गर्छौ ।

बाटोमा लगेर फोहोर फाल्दा कुकुरले खोस्रिएर केही राख्दैन् । सडक झनै फोहोर देखिन्छ । यता, जीवजन्तु, पशुपंक्षीले यस्ता फोहोर खाँदा मृत्यु पनि हुन सक्छ । त्यो फोहोरबाट विभिन्न महामारी फैलिएला भन्ने डर पनि उत्तिकै छ । फोहोर गन्हाएर बाटोमा हिड्न नसक्ने अवस्था छ । मास्क लगाउदा पनि हिड्न सकस पर्छ । नेपालीको आनाबानीः आफ्नो घर सफा राख्ने, कोठा सफा पार्ने । आफु सफासुग्घर चिटिक्क परेर हिड्ने । तर, बाहिर ल्याएर घरभित्र फोहोर फाल्ने । भित्र सफा गर्न बाहिर ल्याएर फोहोर फाल्न त पाइदैन् नि । सिमित नागरिकका कारण सबैले दुःख पाएका छन् । अहिले नेपाल फोहोर र प्रदुषणमा सबैभन्दा अघि छ । फोहोर उठउन छोड्दा फोहोरले उपत्यका भरिसकेको छ । इँट्टाभट्टा, पुराना सवारी साधनका कारण प्रदुषण पनि ह्वात्तै बढेको छ । जसका कारण बाह्य पर्यटकहरु आउन छोड्ने देखिन्छन् । विदेशी पर्यटकहरु नआउने हो भने अर्थतन्त्र थप संकटमा पर्छ भने होटल व्यवसायीहरु डुब्छन् । तर, सरकारको यसमा ध्यान गएको छैन् । सुन्दर र सफा मुलुक भनेर धेरैले यसअघि आश्वासन त दिए तर काम भने केही गरेनन् । सरकारले पनि यसलाई बेवास्ता गप्यो । सरकारले धमाधम घर बनाउन नक्सा पास गरिदियो । घनाबस्ती भयो भने मुलुक समृद्ध हुन्छ भन्ने भ्रममा पछाडि लाग्यो ।

तर, घनाबस्तीबाट निस्किएको फोहोरलाई कसरी व्यवस्थापन गर्ने यो सोचेन् । दिँउसो मात्र पसल खुल्दा त फोहोर व्यवस्थापन गर्न सकिएको छैन् । तर, कांग्रेसबाट मेयर उम्मेदवार सिर्जना सिंहले काठ्माडौंलाई २४ औं घण्टा खुला राख्ने आश्वासन दिएकी छिन् । २४ औं घण्टा काठ्माडौंका व्यापार व्यवसाय खोल्ने हो भने उपत्यकाको हालत कस्तो होला, उनले सोचेकी छिन् ? जनतालाई झुक्काएर भोट पाउनका निम्ति यस्तो नचाहिदो नारा दिन पाइन्छ ? जनताले नाम नसुनेको व्यक्तिलाई काठ्माडौंको मेयरको टिकट दिइएको छ । घर चलाएजस्तो सजिलै रुपमा पुरै महानगर चलाउछु भन्ने हिड्नु भनेको भ्रम छर्नु मात्र हो, सिर्जना ज्यु । श्रीमान प्रकाशमान सिंह र ससुरा गणेशमान सिंहको आडमा चिन्दै नचिनेको व्यक्तिलाई टिकट दिइयो । सडक मात्र होइन् खोलानाला र नदीनाला पनि दूषित छन् । घरबाट निस्किएको फोहोर र ढल खोलानालामा लगेर मिसाँउदा यसको दूरावस्था भएको छ । पानीको हाहाकार हुन थालेको छ । खानेपानीका निम्ति पशुपंक्षीहरुले संघर्ष गरिरहेका छन् । केही वर्ष अघि साताको एकदिन खोला सफा गर्ने अभियान चलाइएको थियो । विभिन्न अभियानकर्ता, राजनीतिक दल र त्यही छेउछाउका स्थानीयवासीको सहभागितामा खोला सफा गर्ने अभियान गरियो । तर, यसले पनि नाटकीय रुप मात्र लियो । एकदिन तात्यो अर्को दिन फेरि सेलायो । जसको कारण यो अभियानले सार्थकता पाएन् ।

अहिले फेरिपनि खोलानालाको हाल बेहाल भएको छ । फोहोरको थुप्रो खोलानालामा ल्याएर फ्याक्दा दूर्गन्धित बन्यो । पछिल्लो समय चलेको ट्रेन्डः घर बनाउने, मँहगा गाडी चढ्ने तर फोहोर भने बाटोमा ल्याएर फ्याक्ने । फोहोर उठाउने र सहर सफा पार्ने काम सरकारको मात्र हो ? यसमा हामी नागरिकको केही जिम्मेवारी छैन् ? सरकारले घरआँगन, टोल र बाटोघाटो सफा गर्छु भनेर ठेक्का लिएको हो ? आफ्नो वरपर आफैले पनि सफा गर्न सकिन्छ । अरुको मुख ताकेर बस्ने प्रवृत्तिले पनि नेपाल फोहोरी मुलुक बनेको हो । जनताले सरकारलाई जति सहयोग गर्दछ विकास पनि उति नै हुन्छ । उपत्यकामा न पानी पाइन्छ न भनेको बेलामा फोहोर उठ्छ । न खुला ठाँउ छ न हरियाली नै । सबैतिर एकदुई आनामा बनेको घर मात्र छन् । धुँवाधुलो पनि त्यस्तै श्वास फेर्न गाह्रो पर्छ । अस्तव्यस्त बस्ती देखेर आँखा बिज्छ । यही जग्गाको मूल्य सबैभन्दा धेरै छ । राजनीतिक दल, सरकारी कर्मचारी र बुद्धिजीवीहरु पनि यही नै बस्छन् । अस्तव्यस्त सहरलाई व्यवस्थित बनाउन ध्यान नदिने हो भने यसबाट ठूलो दुघटना हुन सक्छ । हिँउदमा धुलैधुलो बर्खामा हिलैहिलो । यस्तो पनि सहर हुन्छ ?

२०६६ सालमा पुष्पकमल दाहालले माधव नेपाललाई प्रधानमन्त्री पदबाट हटाउनका निम्ति देशैभरिबाट आफ्ना कार्यकर्ता ल्याएका थिए । माधव नेपालको राजीनामाका लागि ६ दिन माओवादीका कार्यकर्ता सडकमा धर्ना बसे । माओवादीको एउटै माग माधव नेपाल असमर्थ, राजीनामा चाहियो । ६ दिनसम्म ती कार्यकर्ता सडकमै सुते, ती भात पकाएर खाए । तर, सातौं दिनमा ती कार्यकर्तालाई टुडिखेँलमा ल्याएर पुष्पकमल दाहालले आन्दोलन स्थगित भएको बताए । उपत्यकाका सुकिलामुकिलाले साथ नदिदाँ हाम्रो आन्दोलन सफल भएन् भनेर उनले धर्ना रोकेका थिए ।

तर, पुष्पकमल दाहालले उपत्यकावासीलाई सुकिलामुकिला भन्नुपछाडिको कारण अहिले पत्ता लागेको छ । भित्र सुकिलामुकिला, बाहिर फोहोर । राज्यप्रति यी सुकिलामुकिलाको केही पनि जिम्मेवारी रहेन् । मुलुकको हरेक जिल्लाका आम नागरिकहरु आफ्नो काम लिएर उपत्यका आउछन् । तर यहाँ आएपछि उनीहरुलाई थुकथुकी लाग्छ । यहाँ बेकारमा आइएछ भन्ने उनीहरुको मनमा पर्छ । कतिखेर आफ्नो कामकाज सकाएर घर फर्किऊ भन्ने मनशाय गाँउबाट यहाँ आएकामा देखिन्छ ।

नेपालको हालत देखेका विदेशीहरु फेरिपनि दोहोप्याएर आउन चाहदैन् । फोहोर, प्रदुषण र अव्यवस्थित सहर देख्दा उनीहरुलाई फर्किर आउन नपरोस् जस्तो लाग्छ । काठ्माडौंलाई सफा र सुन्दर बनाउछु भनेर नेताहरुले जुन भाषण गर्दै आएका छन् यो पुरा हुदैन् । अबको पाँच वर्षमा उपत्यकामा बस्न नसक्ने अवस्था आउछ । फोहोर र प्रदुषणकै कारण नेपालीहरु रोगी हुन्छन् । सरकारले उपचार गर्न नसक्ने स्थिति आउछ । सरकारले जनता बचाउन होइन्, मार्न खोज्यो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.