मैले राजनीति रोजेको होइन, तर मलाई राजनीतिले रोज्यो – नवराज पाण्डे

काठमाडौँ । नुवाकोटका युवा व्यवसायी नवराज पाण्डे व्यवसायसँगै समाजसेवामा जोडिरहने नाम हो । बेलकोटगढी नगरपालिका वडा नं । १३ मा जन्मिएका पाण्डे ठमेलको पर्यटन व्यवसायबाट व्यवसाय सुरु गरेका पाण्डे हाल अक्सिजन उत्पादकदेखि गोगबु सुर्पमार्केटका सञ्चालक सदस्यसमेत छन् ।

२०७२ सालको भूकम्पमा होस् या कोरोना महामारीमा पाण्डेले नुवाकोटका कयौँ स्थानीय तहमा होस् या काठमडौंको गोगम्बु आसपासका क्षेत्रमा लगाएका गुनको चर्चा अहिले पनि उत्तिकै हुने गर्दछ । भूकम्पको चपेटामा परेका स्थानीयहरूलाई पाण्डेको सक्रियतामा अत्यावश्यक वस्तु र खाद्यान्नको वितरण गरिएको थियो । कोरोनाको कहरमा घरमै थुनिएका जनतालाई पनि पाण्डेले खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरू घर घर पुगेर वितरण गरे ।

त्यसोत महामारीको बेला अक्सिजन अभावले थिलथिलो भइरहेको समयमा पाण्डेले नुवाकोटका अस्पतालहरूलाई निःशुल्क अक्सिजन पठाए र अक्सिजनको अभाव नुवाकोटमा हुनै दिएनन् । कोरोना महामारीमा स्वास्थ्य उपचार गर्न नपाएका बेलकोटगढी र आसपासका जनतालाई पाण्डेकै सक्रियतामा गाउँ गाउँमा स्वास्थ्य शिविरहरू सञ्चालन भए । पाण्डेको सक्रियतामा बेलकोटगढीमा शक्ति फाउन्डेन मार्फत २६ जना विद्यार्थीलाई पाँच वर्षसम्म निःशुल्क पढाइएको थियो ।

त्यसोत गोगम्बु क्षेत्रका चौतारी निर्माणमा होस् या बेलकोटगण्ीका मन्दिर, बाटा घाटा र पुल मर्मतमा पाण्डेको निरन्तर लगानी छ । समाजसेवामा रातदिन नभनी खटिरहने यीनै पाण्डे यत्तिखेर वडा अध्यक्षको उम्मेदवार बनेर चुनावी दैरानमा छन् । सफल युवा व्यवसायी एकाएक वडा अध्यक्षको उम्मेदवार बनेर आएसँगै बेलकोटगढीमा उत्साह र आश्चय दुवै छाइरहेको देखिन्छ ।

सफल व्यवसायी वडा अध्यक्षको उम्मेदवारमा किन आउनुभयो ?

समाजसेवामा निरन्तर सकृया मान्छे राजनीति जस्तो क्षेत्रमा किन देखा पर्नु भयो ?

यिनै विषय हामीले पाण्डेसँग राखेका थियौ । जवाफमा पाण्डेले आफूलाई राजनीति प्रति त्यति धेरै चासो नभए पनि बेलकोटगढीका बासिन्दाले खोजेकाले आफू राजनीतिमा आएको बताए । समाजसेवाले मात्र गाउँ नबन्ने भन्दै वडावासीहरूले राजनीतिक स्टिमका लागि आफुलाइृ गाउँमा आउन आग्रह गरेकाले आफूले दाजुभाइृहरुको कुरा काट्न नसकेको उनले बताए ।

आफूलाई राजनीतिबाट केहीलिनु पर्ने आवश्यकता नभएको भन्दै पाण्डेले आफ्नो पाँच वर्ष गाउँ टोल निर्माणमै खर्चिने बताएका छन् । स्थानीयहरूको सबैभन्दा ठुलो समस्या बाटोघाटो, खानेपानी, स्वास्थ्य र कृषि भएको बताउँदै उहाँले विकास बजेटहरू यीनै क्षेत्रमा प्राथमिकताका साथ खर्च गरिने बताए । वडा भवन निर्माण,एक घर एक खानेपानी धाराको व्यवस्था,वडा स्वास्थ्य चौकीको स्थापना,वडाको हरेक कार्यमा सुशासनको पारदर्शिता,आवश्यक पूर्वाधार विकास कार्यलाई निरन्तरता आफ्नो प्रमुख एजेन्डा रहेको उनले बताए । मूर्त अमूर्त पुरातात्त्विक सम्पदाको संरक्षण, वैज्ञानिक तरिकाको वडा तथ्याङ्कको सङ्कलन,संरक्षण र घर नम्बर वितरण,जनता नेताको सेवामा होइन जनताको सेवामा नेता कार्यक्रम आफ्ना चुनावी एजेन्डा रहेको उनले थपे ।

युवा रोजगार तथा अभिमुखिकरण कार्यक्रम,वडा भित्रका शाखा बाटोहरूको स्तरोउन्नती आकाशे पानी सङ्कलन कार्यक्रम,एक घर एक रोजगारको लागि पहल महिला हिंसा विरुद्ध कार्यक्रमलाई आफूलाई प्राथमिकतका साथ पालना गर्ने उनले बताए । कृषकको पहिचान गरी अनुदानको व्यवस्था गर्ने ,ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता घरघरमै उपलब्ध गराउने,ज्येष्ठ नागरिकलाई ३र३ महिनामा निःशुल्क आधारभूत स्वास्थ्य परीक्षण गराउने , साबिकको ५ नम्बर पोखरीमा पर्यटकीय तथा पिकनिक स्थल निर्माण गर्ने, साबिकको ५ नम्बर पाखुरेमा हप्ताको एक दिन वडा कार्यालय सञ्चालन गर्ने लगायत धेरै विकासका फेहरिस्त उनले छोटो बसाइँमै सुनाए ।

जितको सुनिश्चितता कत्तिको देख्नु हुन्छ ?

उनले भन्ने आफूले राजनीतिलाई कहिले नहेरेको बरु राजनीतिले आफूलाई खोजेको जवाफ दिएका छन् । मलाई गाउँकै भाइ साथीहरूले खोज्नु भएको हो, जिताउने या नजिताउने उहाँहरू कै विषय हो, अब उहाँहरूले तेरो आवश्यक छ भनेर बोलाउनु भएपछि म उभिएको हुँ, म गाउँका सबै विकासप्रेमी, समाजसेवीहरूको साँझ उम्मेदवार हुँ जित सुनिश्चित छ पाण्डेले बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *