यूनाइटेड इन्स्योरेन्स बन्यो एशियाकै उत्कृष्ट कम्पनी

काठमाडौँ । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) ‘बेष्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’ बाट सम्मानित भएको छ । इन्डियन चेम्बर अफ कमर्शले नेपालको इन्स्योरेन्स कम्पनीमध्ये यूनाइटेडलाई उक्त अवार्डबाट सम्मानित गरेको हो । उक्त अवार्ड इन्स्योरेन्सको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेललाई प्रदान गरिएको थियो । इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको तेश्रो इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्डस् कार्यक्रममा कम्पनीले सो अवार्ड पाएको हो ।

विश्व विख्यात प्राप्त चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्लुसीले स्वतन्त्र रुपमा मूल्यांकन गरेको अनुसार निर्जीवन बीमा क्षेत्रमा यूनाइटेड इन्स्योरेन्सले महत्वपूर्ण योगदान दिएकोले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । साथै, कम्पनीले विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्य सम्पादन गरेको पीडब्लुसीले मूल्यांकन गरेको छ ।

त्यस्तै, कम्पनी संचालनको २८ औं वर्षमा कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा सर्वप्रथम १ अर्ब क्लबमा आफूलाई सामेल गराउन सफल भएको थियो । कार्यक्रममा इन्स्योरेन्सकी सीईओ उपासना पौडेलले उक्त सफलता हात पार्नका लागी साथ दिने कम्पनीको सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा समेत सबैबाट साथ र सहयोग प्राप्त गर्ने आशा तथा विश्वास व्यक्त गरेकी छिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *